बैठकका गरमागरम छलफलहरूबाट ऊ क्रमश: हरायो र बैठककै एउटा कुनामा एक्लै एक्लै क्याण्डीक्रस खेलेर बस्न थाल्यो ! सडकमा जुलुसका अग्रपङ्तिबाट ऊ क्रमश: हरायो जुलुसमै तर पुच्छारतिर जुलुसमै तर एकदम चुपचाप हिँड्न थाल्यो र, कुनै दिनबाट ऊ सडककै कुनै चौतारीमा झोक्राएर बस्न थाल्यो ! सभाका अग्निवर्षी भाषणहरूबाट ऊ क्रमश: हरायो दर्शकदीर्घामा Read more
मंगल ग्रहमा जीवनको संभावना देख्ने ए सभ्य देशका सभ्य मानिसहरु अनन्ताकाशमा सोझ्याइएको दुरवीनलाई एकपटक हाम्रो वस्तीतिर फर्काएर त हेर यहाँ पनि छ जीवनको संभावना ए प्रजातन्त्रवादीहरु, ए फस्ट वल्र्डका भलाद्मीहरु भो, अव छोडीदेउ मान्छे जस्तै रोबोटहरु वनाउन रोबोट जस्तै त छन् नि आजकलका मान्छेहरु पनि तिमीहरु जीवन खोज्छौ, यहाँ Read more
अकुत सम्पति कमाएका कार्यालय प्रमुख अञ्जन भ्रष्टाचारमा परेर पाँच बर्ष जेल चलान भए । मुद्दा लड्ने वकिललाई राम्रै पारिश्रमिक दिएकोले एकै बर्षमा उनी जेल मुक्त भए । जेलमा रहँदा उनले दिन बिताउन एउटा उपन्यास लेखेका रहेछन् । उनको उपन्यास चर्चित संस्थाले प्रकाशित गरी लोकार्पणको आयोजना गर्यो । महासचिवले Read more
कालीदासको `क´झैँ खुम्चिएर अस्तिपञ्जर साँघुरो बनिरहेछ इतिहास पढाउने सिपाहीहरू पुच्छर सेपिरहेछन् अचेल कोठाका बिरुद्धमा गर्जने आवाजहरू घर भत्किदा चुप छन् मानौँ मन्दिर भत्किदा चुप बसेका भगवानहरूझैँ। बुद्धका आँखा कन्तुरमा राखेर पथिकहरू देश खोज्न हिँडिरहेछन् तर अपसोच हरसाँझ म भेटाउँछु मेरो देश कक्टेल पार्टीहरूमा। म भेटाउँछु मेरो देश कक्टेल पार्टीहरूमा। (दाङ) Read more
काठमाडौँमा वर्षौं कचपल्टिएपछि ऊ बहिर्गमित भयो । त्यो स्वैच्छिक वा बाध्यात्मक तिरोधानले उसलाई काभ्रे पुर्यायो । काभ्रेबाट उसलाई कुनै हालतमा पनि ‘किक आउट’ हुनु थिएन । उसलाई जोडी बाँध्नु थियो । नाम र दाम कमाउनु थियो । त्योभन्दा बढी बहिर्गमनको पीडा भुल्नु थियो । चित्रे चियापसलमा ऊ दिनहुँ Read more
‘एक सिक्काका दुई पाटा’ कति राम्ररी बुझेका पुर्खाले सुखदुखका कुरा । पुरुष–महिला, प्रकृति–पुरुषको सन्दर्भ । नजिकको आफन्त स्वार्थ मिलेसम्म परम मित्र । अलिकति तलमाथि भयो कि शत्रुताले काँडो तिखार्ने । यस्तै काँडाले घोच्यो सतीशको घरपरिवारलाई । सतीशको तीन बाबुछोरा समेत सात जनाको परिवार । जेठो छोरा बाउकै सल्लाहमा चल्थे Read more
बिहान सबेरै उठ्नु, बढारकुँढार गर्नु , देव पितृलाई सम्झेर धुपबत्ती गर्नु र गाईबस्तुको धन्दा सकेर दूध पुर्याउन डेरीसम्म जानू विजयरामको दैनिकी हो । उनी भन्दा अलि अबेर उठ्छिन्,खाना पकाउछिन् छोराछोरीलाई स्कुल जान ठिक पार्छिन् उनकि पत्नी रजनी । आफू पनि स्कुलमै जागिरे हुनाले ठिक पर्छिन् र बच्चाहरु सँगै स्कुल Read more
यो श्रद्धाञ्जलीको मौसम नबजाउनू कतै नौमती र पन्चैबाजाहरू नकहनू विशिष्टहरूको सवाइ चौतर्फी बजिरहेको शोक धुनमा बरू थप्नू अलिकति असन्तोषको राग जनाउनू जिवन्तताको आभास । पत्रैपत्र बादलभित्रको अनिश्चित घाम हेर्दै अन्योल भएर नकटाउनू आफ्ना अमूल्य प्रहरहरू । आफ्नै मनोमानीमा सिर्जित गरिरहेछन् मालिकहरू अनेकन अड्चन भुटिरहेछन् हामीलाई गरिबीको हाँडीमा विभेदको महामारीमा Read more