म जन्मेर हुर्केको घर पुरानो छानो थियो । फुसको छानो भएको घर । करिव चार पाँच वर्षको अन्तरालमा नयाँ छानो फेर्नु पथ्र्यो । वि स २०५७ साल वैशाख महिनाको समय । बुबाले घरको छाना छाउने भनेर दशबाह्र जना बाहुरे बोलाउनु भएको थियो । त्यसवेला मलाई पनि छाना छाउन रहर लागेकाले Read more
मेरी आमाको विवाह हुँदा वहाँकी सासू अर्थात् मेरी हजुरआमाको निधन धेरै पहिले भइसकेको थियो रे। मेरी आमा, परिवारकी जेठी बुहारी, तर वहाँले सासूसँग व्यवहार गर्न पाउनु भएन। बरु कहिलेकाहीँ बूढी सासू अर्थात् मेरी हजुरआमाकी आमा जसलाई मैले पनि देखेँ र “मामाघरकी हजुरआमा” भनेर सम्बोधन गर्थें, उहाँले कहिलेकाहीँ “नातिनी बुहारी” भनेर Read more
बि.सं. २०३९ सालतिरको एउटा घटना मेरो मनमस्तिष्कमा खुब तरंगित भएर आउँछ । एस.एल.सी. परीक्षा चलिरहेको थियो । म त्यसबेला श्री सत्यनारायण माध्यमिक विद्यालय, बिराटनगरमा कक्षा ६ मा पढ्थें । परीक्षा चलिरहेको भएपनि हामी केही विद्यार्थीहरु विद्यालयको पछाडितिरको चौरमा खेलिरहेका थियौं । अकस्मात् होहल्ला सुन्यौं हामीले अनि दगुर्दै अगाडि आयौं । Read more
लकडाउनको कारणले म काठमाडौंबाट गाउँ फर्किएकी थिएँ । गाउँमा नेट राम्रोसँग नचल्ने भएकाले म सोसियल मिडियाबाट अल्लि टाढा थिएँ। गाउँको माहोल अति नै रमाइलो थियो । म पनि गाउँको त्यो माहोलमा रमाउँदै थिएँ । कहिले काफल खान जाने, ग्वाला जाने, साथी सङ्गातिसँग घाँस दाउरा जाने, मम्मिलाई घरको काम सघाउने Read more
बुधबार असोज २१, २०६५ अर्थात् अक्टोवर ८, २००८ को शुभ विहानी । सिक्किम राज्यको राजधानी गान्तोकको महात्मा गान्धी (एम.जी.) मार्ग स्थित ग्रीन होटलको रुम नं. ८ मा सुस्तरी लजाउँदै आइपुग्यो सुन्दर विहानी । मानौँ नवविवाहित दुलहीजस्तै । जति घुम्टो खुल्दै गयो, त्यति नै मुस्कुराउँदै आयो विहानी । सुन्दरताको Read more
साठी वसन्त पार गरिसकेपछि बालवयका कुरा सम्झिँदा पनि सपनाजस्तै लाग्दो रहेछ । कैयौँ घटनाहरू स्मृतिबाट बिस्तारै बिलाउँदै गए । सम्झिएका घटनाहरू पनि सपनाजस्तै भए । केही घटनाहरू श्यामश्वेत चलचित्रजस्तै अहिले पनि आँखा अगाडि घुमिरहन्छन् । तिनै सम्झनामा रहेका छायाँचित्रहरूलाई यहाँ शब्दचित्रमा उतार्ने प्रयास गरेको छु । यी सम्झनाहरू Read more
सुस्तरी बोल । यो आन्दोलनको ¥याली होइन । ढाँटीढाँटी जिब्रो नचपाऊ, यो पार्टीको अभियान होइन । पैसा र रसिद नदेखाऊ, यो बेकामेहरूले सित्तैमा परिश्रमको बलात्कार गरेर हाँस्ने समय होइन । बरु, एकपटक मौन बसेर हेर, दुनियाँ कति चलायमान छ, आगोमा पानी छ छैन । बस् नबोल्नु भन्दिनँ बरु कमकम Read more
गाउँ हेर्दै डर लाग्छ । माथितिर ठूलठूला ढुङ्गाका चट्टान, तलतिर भिर । पहिलोचोटी गएका मान्छे त बस्नै डराउँछन् माथितिरबाट डाँडाका ढुङ्गा खसेर आउने हुन् कि भन्ने डरले । तर बुवा बाजेको पालादेखि गाउँमा एक ढुङ्गो खसेको छैन । ठूलो वर्षा भएपछि अन्ततिर पहिरो जान्छ । मान्छे बिचल्लीमा पर्छन् । मान्छेहरु Read more
चाडबाडको समय पारेर कतिपय मानिसहरू नगएका ठाउँहरूमा घुम्न मन पराउँछन् । मलाई भने यस्तो समय परिवारका सदस्यहरूसँगै बिताउन मन लाग्छ । त्यसै भएर होला यसअघि मैले दसँैँमा घर छोडेर आफू नपुगेको कुनै अपरिचित स्थानमा जानका लागि कुनै प्रकारको योजना बनाएको थिइन । तर यसपालि त्यसो भएन । हामीले हाम्रो Read more
पन्ध्र वर्षको उमेरमा सुर्खेत झर्दा पहिलोपटक साइकल देखेको म दुइ पाङ्ग्रे लिखुरे साइकलमाथि ठुलो भिमकाय ज्यान भएको मान्छे चढेर टिङटिङ घण्टी वजाउदै गुडेको देख्दा आश्चार्य चकित भएको थिएँ । पछिपछि म आफै साइकिल सिक्न थालेँ। साइकल सिक्दा उछिट्टिएर कतिपटक माछाझैँ पछारिएँ । कतिपटक साइकलवाट उछिट्टिएर जमिनमा घसारिदा हातखुट्टाका छाला खोस्रिएर Read more