त्यसो त धेरै कविहरू छन् तर केही कविहरू विशेष स्मरणीय छन् ! ती कविहरू उनीहरूका विशेष गुणले स्मरणीय छन् ! फूल माला वोकेर विहानै ती सत्ताको ढोकैमा पुग्छन जदौ गर्न कसैको पदोन्नतीमा बधाई दिन या आफ्नो पदोन्नतीको आशीर्वाद थाप्न र, उतैबाट कविताको कन्टेन बोकेर फर्कन्छन् ! कविताको बजारमा ती आगो Read more
१ च्यातिएको खुशीहरू टाल्नु किन पर्यो ? जिउँदो यो लाशलाई फाल्नु किन पर्यो ? धनी जस्तो चिन्ता पिर छैन मलाई त कात्रोभित्र खल्ती मैले हाल्नु किन पर्यो ? २ साँझ क्षेणिक रंगिएको क्षितिजको लाली जस्तो शुन्यता छ जिन्दगीमा भित्र सबै खाली जस्तो भाग्यरुपी कल्पनाको महलभित्र के के होलान्? Read more
आफै हटाऊ ननिका बिचार आफै जगाऊ दिल भित्र प्यार देखाइ बाटो अघि लाग लाग धेरै सुतेछौँ अब जाग जाग ।१। ज्ञानी बनेको छ नि कर्मलेनै बाढेर बाचौँ प्रित मर्मलेनै माया छ ठूलो रिस राग त्याग धेरै सुतेछौँ अब जाग जाग ।२। आध्यात्मवादी जन बन्नु पर्छ योग् ध्यानलेनै रस प्रेम Read more
एकैपटक मरेको होइन ऊ पटक–पटक, धेरैपटकमा बल्ल मरिसकेको हो तर, मरिसकेपछि पहिलो पटक थाहा पाउने व्यक्ति मै हुँ । पहिलोपटक मरेको थियो उसको हृदय जहाँ म बेरिएकी थिएँ कुनैबेला । उसको हृदयको चिसो लास आफ्नै हृदयको चिहानमा दफनाएर निस्किएकी थिएँ म त्यतिबेला अचिनारूका फूलमालाले भरिएको थियो उसको घाँटी । हृदयसँगै Read more
मलाई आगोको भर्भर प्रिय लाग्छ अचेल र समयको असर प्रिय लाग्छ अचेल । सहर पसेपछि म मूर्दा भएको छु आमा बाले बनाएको गाँउको घर प्रिय लाग्छ अचेल । आफन्तको मायामा स्वार्थ फुल्न थालेपछि परायाकै नजर प्रिय लाग्छ अचेल । नेपाली नारीको दुर्दशा सुन्नु त पर्दैनथ्यो वाल्मीकि Read more
कहाँ हराए होलान् छनछनी चुरी बजाउने – मेरा दुलही हातहरू ? कसले काटिदियो होला धुलो कुल्चिएर हिँड्ने – मेरा अक्टोपस खुट्टाहरू ? कसरी झरे होलान् हवाई-जहाजसँगै वेगिने – मेरा नौरङ्गी प्वाँखहरू ? म पनि जान चाहन्थेँ सपनाको राजमार्ग हुँदै – अरबको खाडीतिर ! म पनि उड्न चाहन्थेँ चराहरूझैँ ओथारो बस्न Read more
धर्तीको खास अर्थ छाडेपछि जमीन थाहा हुन्छ । स्वतन्त्रताको मूल्य परेपछि अधीन थाहा हुन्छ ।। जिब्रो र गिदीको तालमेल नहुँदा हुन्छ भद्रगोल । भूमरीमा परेपछि उम्किन कति कठीन थाहा हुन्छ ।। १ हृदयको भूगोलमा कुनै साँध छैन । पीडामा विश्वाशिलो कुनै काँध छैन ।। पग्लिएर मुटु जब बन्दछ भावना । Read more
दिउँसै आज राज पार्न खोजिरहेछन् किन कसैले ? अँध्यारोमा के–के गर्ने सोचिरहेछन् किन कसैले ?? बिश्वासको खडेरीमा कहाँ हरायो महा–मानवता आपसमै किन आगो झोसिरहेछन् किन कसैले ?? इज्जत र इमान छैन, छैन रे मातृभूमिको माया गाई मारी गधालाई पोसिरहेछन् किन कसैले ?? नत शुन्दर बाटो उनको, नत पवित्र विचार मनको Read more
दलालको हातबाट बेचिदैछ देश हाम्रो प्रकुण्ठित पारिँदैछ धर्म, भाषा, भेष हाम्रो कब्जा गर्न खोजिँदैछ रक्षा,न्याय,नीति सबै कसरी पो रहला खै स्वाभिमान शेष हाम्रो । १ सधैंभरि जूनजस्तो घामजस्तो हुन्न जीवन यथार्थमा सुन्दर यो नामजस्तो हुन्न जीवन शीत-ताप, हुरी-झरी काँढा पनि जीवनै हो सधैंभरि फूलैफूलको यामजस्तो हुन्न जीवन । २ सधैं Read more
कहिले जिस्कन्छ ऊ हल्लाउदै हरियो पखेटा कहिले जिस्कन्छ ऊ देखेर जवानी झिम्काउँछ आँखा र खेलिरहन्छ मेरै घरमा सिङ्गौरि । हरेक समय ऊ बलात्कार गर्छ मेरै सुस्ताको वैंश नुहाउँछ मेरै गण्डक र कोशीले तर देख्नै सक्दैन ऊ मेरो बस्तीमा लागेको घाम । अचेल ऊ बजाएको छ बेसुरमा मेरै करङ्को सारङ्गी र Read more