नाटक अनेक गर्छन् आफ्नै बनेर कोही धस्छन् छुरा नजिकमा हाँस्दै बसेर कोही ।। सम्पत्ति भन्नु हाँसो मात्रै भएर होला मुस्कान खोस्न खोज्छन् पीडा थपेर कोही ।। घरमा विवाद सानो पर्नै हुँदैन कहिल्यै ताली बजाइ जात्रा हेर्छन् लुकेर कोही ।। बस्दैन नित्य कोही साझा थलो भनेर हो, स्वार्थ बाझिएमा जान्छन् Read more
उनीहरू देशबाट गाउँ आए (गाउँमा राजधानीलाई देश भनिन्छ) यता गाउँ रुङ्ने डाँडाको घाम जूनबाट एक थप्को आशिष् थापे केहि थान सेल्फी खिचे कोही कुवा पँधेरा कोही खेतवारी घुम्दै डिलिट हुनै लागेको झल्को मेटे र दशैँ नसकिदै लुसुक्क देश नै फर्किए । अचेल गाउँसम्मै पुग्छ कच्ची रोड बडो कथा छ Read more
छेउको मान्छेबिचमा पुग्छ पुग्छ एक दिन धुलोबाट पिचमा पुग्छ पुग्छ एक दिन ! कतिन्जेल रमाउला र पराजय पनि हारबाट जीतमा पुग्छ पुग्छ एक दिन ! संघर्षको बाटो यो छिचोलेपछित हेयबाट मितमा पुग्छ पुग्छ एक दिन ! आफैं कस्छ लगाम यो नयाँ बिहानीले छाडाबाट रीतमा पुग्छ पुग्छ एक दिन ! (सर्लाही) Read more
तिमीले उन्मुक्ति रोज्यौ मृत्यु रोज्ने त ओखरघारीको पाखोमा उहिले लहरै गाडिएका चिहानहरुसँगै छ । तिम्रो चरित्र फेरिए पनि तिम्रो विचार बदलिए पनि ऊ त उही विचार र चरित्रसँगै काफलघारीको पाखोमा गाडिएको अवस्थामा अझै कङ्कालसँगै छ । जुन विचार बोकेर तिमीले आगोमा होमिन सिकायौ तिमीले त्यो विचार छोड्छौ भन्ने थाहा पाएन Read more
नयाँ पेशामा आबद्घ भएपछि नयाँ पद्घतिको ज्ञान पाएपछि मभित्रका कुण्ठाहरू मभित्रका चाहनाहरू अचम्मले फेरिएकाछन् रातारात । कति सहनु श्रीमतीको ‘सपिङ’को इच्छा पूरा गर्न नसक्नुको पीडा कति पैदल हिँड्नु साथी कार चढेको बाटो कति चलाउनु तिनै एन्ड्रोइड फोनहरू आइफोनको जमानालाई कति लत्याउनु दिनभरिको थकानपछि कति त्यही ठर्रा पिएर काम चलाउनु कति Read more
सिकाएको मैले नै हो भाइ औँला भाँचीभाँची मसँग खेल्थ्यो दसैँ आयो खाउँला पिउँला कहाँ पाउँला चोरी ल्याउँला धत, पापी ! छुट्टै बसौँला । भाइले दसैँ कहाँ आयो भनेर सोध्दा मैले देखाएको परको डाँडो भाइले हेरिरहन्थ्यो र अलिकति कल मिसाएर सोध्थ्यो त्यो डाँडा कति टाढा छ ? त्यहाँबाट दसैँ आउन Read more
युद्ध मैदानमा ढलेका शरीरसँगै रगतभित्र जलिरहेका सपनाका थोपाहरू धुवाँमा उडेर गए…. अझै पर्खिरहेछन् बन्दुकबाट फूल फुल्ने दिन (म्यान्मार) Read more
भगवान मलाई मेरा प्रश्नको जवाफ चाहिन्छ होइन भने तिम्रा मन्दिरमा आगो लगाइन्छ जसले तिमीलाई बनायो तिम्रो मुर्ति बनायो उसलाई मन्दिर पस्न किन बन्देज गराइन्छ होसियार जाताका नाममा विभेद गर्नेहरु हो सहदैनौँ अब तिम्रा बिरुद्ध बन्दुक पट्काइन्छ सरकार यदि तिमी पनि यसरी नै हेरि बस्छौ भने लाग्छ तिम्रा छातीमा टेकिन्छ सिरमा Read more
एकचोटि घरमा हजुर आमाले बाकसबाट मुसाले पैसा खायो भन्दै मछिट्टो सुनाउनु भयो मुसाको लागि तर कहिले पनि मुसा मछिट्टोमा परेको हैन मेरि सोझी हजुर आमालाइ के थाहा ? पैसा खाने मुसा मुसा नभएर म थिएँ भन्ने। मेरा हजुर बा कथा सुनाउदै भन्नुहुन्थ्यो गाउँभरिका धान गहुँ मुसाले केही राखेन ला ब्वा Read more
स्वाभिमान लुटिरहेको छ नेताको अक्कल बाट, शासन चलाउन पठाएका छौँ छानेर पागल बाट । आज देश बेच्नेलाई फुलमाला लगाएर सम्मान गर्छौ, जस्लाई सम्मान गर्नु पर्ने रहेछ जुता चप्पल बाट । बजारमा पैसाले सबथोक किनेर ल्याउन सकिन्छ, गरिबको गुजारा कसरी चल्छ राहतको चामल बाट ? हामिले अरु सब किन्न बिदेशीको गुलामी Read more