खुन र खुकुरी देवालयमा छ बान्ता र बोत्तल विद्यालयमा छ अचानोलाई धम्की खुकुरीले दियो मेरो मान्छे माथि मन्त्रालयमा छ बुवा कोरियामा आमा रेष्टुराँमा टुहुरो बालक अनाथालयमा छ आजसम्म मन्दिरमा कसैले भेटेन छ भने भगवान सौचालयमा छ बाउले जमीन बेच्यो छोरा पढाउन छोरा भने भट्टी र वेश्यालयमा छ । (चुनबाङ, रुकुम Read more
ती रनभुल्लमा परेका आवाजहरु ती सम्प्रेषण गर्न नसकेका पीडाहरु अबोध मानव, अनौठो रोगब्याधी अब्यक्त उच्चारणहरु निस्सासिंदै । धर्ती सहँदैछे बर्षिएका लात र चोटहरु प्रकृति छातीमा हात राखी निःशब्द निस्पन्द टुलुटुलु हेर्नुसिवाय धैर्यधारणमा मौन आतङ्क सहँदैछे । रंगहरुको खोजीमा तल्लिन ती मानवहरु विवशताको हुरीले हुईंक्याइएझैँ हुत्तिएर भेन्टिलेटरको सहारा चुम्न बाध्य खुलेआम Read more
(१) तिमी गीत हौ तिमी नै जुन हौ यो मनमा गुन्जिने मीठो धुन हौ कुरा काटिरहन्छ काट्न देऊ दुनियाँलाई कसी लाउनु पर्दैन नम्बरी सुन हौ । (२) बिबाह हुँदैछ रे बिहेको खबर पठाउनु गर्न बाँकी के छ मसङ्ग रहर पठाउनु तिम्रो जन्ती मेरो मलामी भेट हुनसक्छ म हेरिरहन्छु तिमी तिर Read more
हजुर ! म एउटा मजदुर हरेक दिन धर्तिमा उज्यालो खस्नु अघि सुरु हुन्छ मेरो अविराम जिन्दगीको भागदौड । अनि पग्लिन्छन मेरो अङ्ग प्रत्यङ्गहरु र बग्छ आफ्नै शरीरबाट नदी घोटिन्छ्न मेरा हात पाखुराहरु जाँतो घोटिएझैँ चोइटिन्छन मेरा अस्थिपन्जरहरु सिसा टुक्रिएझैँ कमजोर हुन्छ मेरो जीर्ण शरीर धमिराले मक्काएको बूढो रुखझैँ । तथापि, Read more
(१) घुम्तीमा यसै गरी मोडिएर समुन्द्रमा बहदै जाने हो जाँदै गर्दा जस्तोसुकै पीडा आए पनि सहँदै जाने हो गन्तव्यमा नपुगुञ्जेल थुप्रै उतार चढाव आइरहन्छन\ अरुले दिने सहानुभूति हो दुख आफैँ कहदै जाने हो । (२) जताततै हिमाल पहाड तराईले घेरेको देश नेपाल सयौँ जात जातिले मिठो श्वास फेरेको देश Read more
मैले बायोडाटा बनाएपछि हो मेरो परिचय गुमाएको म बायोडाटा बनाइपछि गुमाएको परिचय खोज्न कहाँ जाऊँ ? तेह्र वर्ष स्कुल दुई वर्ष दश जोड दुई चार वर्ष बी.ई. उन्नाइस वर्षको औपचारिक शिक्षा पूरा गरेकी मलाई माँले बायोडाटा बनाउन काकीको मद्दत लिन अह्राउनुभयो मैले आफ्नो ज्ञान र त्यसमाथिको दाबी नछोडेपछि माँले मायालु Read more
मलाई आगोको भर्भर प्रिय लाग्छ अचेल र समयको असर प्रिय लाग्छ अचेल । सहर पसेपछि म मूर्दा भएको छु आमा बाले बनाएको गाँउको घर प्रिय लाग्छ अचेल । आफन्तको मायामा स्वार्थ फुल्न थालेपछि परायाकै नजर प्रिय लाग्छ अचेल । नेपाली नारीको दुर्दशा सुन्नु त पर्दैनथ्यो वाल्मीकि होइन रत्नाकर प्रिय लाग्छ Read more
वर्तमान समयको आलु घडीमा यतिबेला ठ्याक्कै १२ बजेर २७ मिनेट गएको छ सधैं अरु कसैलाई १२ बजाइदिउला भनेर धम्क्याउदै हिंड्ने कुनै दम नभएर पनि फेरि हरदम नामधारी हरदम नेपालीको फुस्किएको छ दम सधैंसधैंका लागि ... ! प्रत्येक मान्छे एउटै टाउकोले उभिएर दुवै खुट्टामा लगाएर हिंडेको छ भादगाउँले ढाका टोपी एउटै Read more
किन आयौ सपनीमा बस्छौ कति दिन ? खुकुलो त्यो अंगालोमा कस्छौ कति दिन ? माया गर्नु पनि अव फेसन भएको छ बिकृतिको दलदलमा फस्छौ कति दिन ? आस्था, विचार, सिद्दान्त बेचिसके छौ स्वाभिमानको चुलीबाट खस्छौ कति दिन ? मौका आउँदा सबैले लुट्छन् भनेर अवसररूपी छुरा यो धस्छौ कति दिन ? Read more
खराब जुन जुन बिचार हुन्छन् यहाँ तिनैका प्रचार हुन्छन् चलाउँछन् देश माफियाले अरे कसोरी सुधार हुन्छन् सजाय तोक्दै गरेर के भो यहाँ त कानुन् उदार हुन्छन् विकास भन्ने गफै रहेछ चुनाव ताका अपार हुन्छन् जहाँ छ तस्कर पदै नछाड्ने त्यहाँका जनता सिकार हुन्छन् । (पाेर्चुगल) Read more