बा ! पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको । खिया लागेका कलका पुर्जाहरूजस्तै गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने– केवल इतिहासका पानाहरूमा मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहासभन्दा बढी अरू केही भएर त्यसैले बा ! पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ Read more
दुःखी छु बाबु के सुनाऊँ र खै ! टालेर पनि फाटेको आफ्नै जीवनको कथा । गाउभरिका मान्छेहरुको माजीहडाम म सबैले मान्ने, जान्ने, बुझ्ने । झगडा मिलाउनु, सबैको नाइके बनिनु मेरो धर्म, सम्झदा पनि औडाहा हुन्छ मेरो पुस्तैनी हक माजीहडाम खोसीएको छ आज दारा र नङ्ग्रा झारिएको सिंहझै म कानु सतार Read more
रोपेर फुलवारीमा घडी फूल ढक्कमक्क फुलाउछन् केटाकेटीहरू । फुलाएर गोदावरी रङ्गीन पुतलीहरूलाई फूलवारीमै बोलाउँछन् केटाकेटीहरू जब हुन्छु म फूलबारी छेउ मलाई केटाकेटी र फूल छुट्याउन मुस्किल पर्छ । मलाई जून र केटाकेटीको अनुहार उस्तै लाग्छ कहिल्यै धितै नमर्ने हेरेर न त जाडो न त गर्मी दुबैले छर्छन् मलिन ज्योत्स्ना उसैगरी Read more
दाउरा हैन यतिबेला जनतालाई अक्सिजन चाहियो गरे र आँटे के हुन्न मात्रै सरकार गर्ने तेरो मन चाहियो । शोकमा छन बस्तीहरु पीडामा छन तिम्रा जनताहरु केही त गर न हिजोको तिम्रो घोषणा र वचन चाहियो । तडपाई तडपाई मारिरहेछौ जनता पाप लाग्नेछ हेर गरिरहेछौ नौटङ्की भन्छौ बाँच्नलाई कार्बन चाहियो । Read more
बोकेर केही थान सपनाका भारीहरु झरेको हु सपनाको सहर! सहर झरेदेखि गाउॅ निकै सम्झनामा आउँछ सहर गाउॅभन्दा निकै दूर छ सायद त्यसैले होला । सहरसँग सपना साट्दै सकाएँ पढाईका केहि घुम्तिहरु र साटेँ मैले मेरो सपनासँग हरियो पासपोर्ट । बोकेर झोलामा आफ्नै सपना र भविष्यहरु खोज्दै निस्किएको हुँ एक भुगोल Read more
मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ। टोकिरहन्छ अनवरत उसका दाँतहरुले नयाँ कम्बल, कोठाभित्रका कागजहरु, दाल- चामलहरु पुस्तकका पानाहरू, पत्रिकाका रंगीन पृष्ठाहरु उसले टोकेको आवाज म रातभरि सुन्दछु र समात्न खोज्दछु उसको चिप्लो पुच्छर भागेर लुकिहाल्छ पुरानो आलमारीको पल्लो कुनामा । मलाई डर लाग्न थालेको छ इतिहासको त्यो सिंगो पातो Read more
कुर्सी- विषालु सापझैं उन्मत्त मातेर ठुङ्न अगाडि बढ्दछ स्याँ गर्दै सर्पको लखेटाइमा परेकाहरू जुत्ता चप्पल खोलेर कुदी सुरक्षित ठाउँ खोजी हिंस्रक सापलाई समातेर खोरमा थुनेर धेरै धेरै मानिसलाई विषालु ठुङ्गाइबाट सुरक्षित गर्नलाई जुक्ति र तानाबाना बुन्दैछन् । प्रकृति- हुँकार गरिरहेछ धनजनको वली दिइरहेछ कसैको अभिभावक थुतेको छ कसैका सिंदूर पुछेको Read more
थप्पड सँगै लुकेको माया रहेछ आखिर अवतार "देवता"को "आमा" रहेछ आखिर । दौड्यो जसै खरायो, आफ्नै घमण्ड बोकी राखेर धैर्य जित्ने, कछुवा रहेछ आखिर । खेल्दै थिएँ रमाई आमाको काखमाथि झस्केर चाल पाएँ, सपना रहेछ आखिर। सिद्धान्त नीति दर्शन यी हुन् भर्याङ मात्रै गन्तव्य सब नेताको सत्ता रहेछ आखिर । पुतली समात्ने मान्छे छुन्नन् झुसिल किरालाई साँच्चै कुरूपता नै रक्षा रहेछ आखिर। (शुद्धोधन-३, रुपन्देही) Read more
गोयबल्सहरू उनीहरूलाई राजनीतिक विचारको कुनै मतलव हुँदैन मूल्य, मान्यता र आदर्श अर्थहीन हुन्छन् उनीहरूको आस्था, निष्ठा, विचार, नैतिकता जे भनेपनि भ्रम छर्नु हो झुठ प्रचार गर्नु हो बेइमानी गर्नु हो आफु अनुकूल प्रोपोगाण्डा रच्नु यौटा हातले फूल दिनु अर्काे हातले चक्कु धस्नु ! गोयबल्सहरू रङ्गीचङगी देखिन्छन् अनेक भेषमा देखिन्छन् जस्तोसुकै Read more
मलाई एक मुठी माटो भए पुग्छ मेरो देशको जहाँ परतन्त्रतामाथि धावा बोल्दै स्वतन्त्रताको एउटा बिज उम्रने एउटा युग जन्मियोस त्यही माटोले विभेद, अन्याय, अत्याचारका धाँजाहरु पुरिऊन् खुशी फुलाउदै सुख बिजारोपण गर्न सकूँ यही माटोमा दुश्मनको गोली परास्त गर्ने जङ्गे पिल्लरहरु उठाउन सकूँ मेची दुख्दा महाकालीमा एकताको फूल फूलाउन सकूँ परतन्त्रतालाई Read more