परिचय राजु स्याङ्तान नेपाली समाजको अधारभूत गुण परिवर्तन गर्न लागिपरेका संस्कृतिकर्मी हुन् । नेपाली संस्कृतिको अध्ययन र वर्गीय स्वरूपको सामाजिक तथा आर्थिक पक्षको विविध पाटोलाई कला र गलाका माध्यमबाट उनी निरन्तर प्रस्तुत गर्दैै आइरहेका छन् । पछिल्लो पाँच वर्षको अवधिलाई हेर्ने हो भने राजु स्याङ्तान मूलतः कवि व्यक्तित्वको निर्माणका Read more
अन्तर्वस्तु पूर्ण ओली कथालेखनको क्षेत्रमा समकालीन समाजको चित्रण गर्ने एक सशक्त कथाकार हुन् । उनको जितौरी कथासङ्ग्रहमा जम्मा १३ वटा कथाहरु सङ्ग्रहित छन् । कथावस्तुकथाकारले आफ्नो जीवन भोगाइका क्रममा सँगालेका जीवन्त अनुभवमा आधारित छन् । ‘जितौरी कथासङ्ग्रह’ भित्रका कथाहरूमा आफनै जीवनको यथार्थ भोगाइ, राजनीतिक सङ्गतिहीनता, वैचारिकता, क्रान्तिधर्मिता, युगीन यथार्थको Read more
मलाई नवपिँढीका एक युवा कविले आफ्ना केही कविताहरू वाट्सअप गरेर तिनमा केही लेखिदिने आग्रह गरेका थिए केही दिनअघि । मलाई नयाँ कविता हेर्न, पढ्न पाउँदा खुसी लाग्छ। किनभने कविता रच्नका निम्ति कविमन हुनुपर्दछ जो सारै भावुक, सम्वेदनशील र कोमल हुन्छ। यसघरी मलाई मेरो आफ्नै दोस्रो काव्य कृति ‘काव्यान्तर’ को विमोचन Read more
कविता नै साहित्यमा सबैभन्दा बढी लेखिने विधा। त्यसैले होला अरू विधाहरूको तुलनामा यो विधा मौलाएको छ। केवल पुस्तकहरू मात्रै नभएर अनेकौँ माध्यमहरूबाट कवितालाई पाठकसम्म पुर्याउने हुँदा कवितामा सङ्ख्यागत बढोत्तरी भएको देखिन्छ। नयाँ नयाँ प्रवृत्तिलाई प्रवेश गराउने कार्य पनि भएकै छ। जनताको आवाज, प्रकृतिको रक्षा, भूमण्डलीकरणको डरलाग्दो भुमरीको चेतावनी दिँदै नयाँ Read more
गिरी श्रीस मगर समसामयिक काव्य मनिषीहरुका बीचमा चहकिलो पहिचान बनाएका राष्ट्रिय स्तरका कवि हुन् । उनले यसभन्दा अघि नेपालीय साहित्यमा “पसिनाको संगीत र जीवनको गीत” नामक काव्य संग्रह प्रस्तुत गरिसकेका छन् । काव्य शिल्पका धनी गिरीश्रीस मगरले दोस्रो कृतिको रुपमा “एकलव्यको देब्रेहात” लिएर नेपालीय साहित्य भण्डारमा हाजिर भएका छन् Read more
१. आमुख नेपाली कविता क्षेत्रमा भारतको आसाम-पूर्वाञ्चल भूमि निकै उर्वर रहेको देख्निन्छ। जगन्नाथ गुरागाईँ, हरिनारायण उपाध्याय, हरिभक्त कटुवाल, पुष्पलाल उपाध्याय, हरि गजुरेल, भविलाल लामिछाने, नव सापकोटा, युद्धवीर राणा, छविलाल उपाध्याय, विद्यापति दाहाल, लक्ष्मीप्रसाद पराजुली, लोकनाथ चापागाइँ, रूपनारायण पाठक, दैवकी तिम्सिना आदि कविहरूका लहरमा नयाँ पुस्ताका कविहरू पनि नयाँ Read more
मानिसका दैनिक जीवनचर्याभित्र हास्यव्यङ्ग्यले कतै न कतै ठाउँ ओगटेकै हुन्छ। कवि साहित्यिकहरूले पनि साहित्यमा विशेषतः कथा, कविता, निबन्ध आदिका माध्यममा हास्यव्यङ्ग्य भावलाई व्यक्त गर्दै आएका छन्। हास्यव्यङ्ग्य भनेर हास्य शब्दलाई व्यङ्ग्यभन्दा अघि राखे तापनि व्यङ्ग्य पहिला र हास्य पछि आउने तत्व हो। व्यङ्ग्य भनेको वक्रोक्ति हो। शब्दलाई उसको अभिधा Read more
साहित्यमा ऐतिहासिक नाटकको छुट्टै महत्व र विशेषता हुन्छ। नेपाली साहित्यमा महान नाटककार बालकृष्ण समका नाट्य कृतिहरूलाई विषय, आधार र स्वरूपको दृष्टिकोणले हेर्दा विभिन्न प्रकार र पङ्तिमा छुट्याउन सकिन्छ, जसमध्ये ऐतिहासिक नाट्य पङ्तिमा पर्ने समका नाटकहरूको छुट्टै विशेषता र स्थान छ। समका ऐतिहासिक नाटकहरू थुप्रै छन् तर यहाँ केवल ‘अमरसिंह’ नाटकबारे Read more
कम शब्दमा पनि धेरै भाव दिन सक्ने प्रमुख विशेषता बोकेको जापानी शैलीको कवितालाई हाइकु भनिन्छ । पूर्वी एसियाली साहित्यको काव्यको यो सूक्ष्म रूपलाई विश्व साहित्यमा उदाहरणीय योगदानका रूपमा लिइन्छ हाइकु र सिजोलाई । सातौँ–आठौँ शताब्दीतिरको हाइकाइ शृङ्खलाको विकसित रूप नै हाइकु हो । यसमा पूर्ण रूपमा शास्त्रीय संरचना र Read more
वहुआयामिक प्रतिभाका धनी विश्वेश्वर प्रसाद कोइरालाका योगदानलाई नेपालको राजनैतिक परिप्रेक्ष्य, प्रजातान्त्रिक आन्दोलन र भारत-नेपाल बीचको राजनैतिक सम्बन्ध विकासको दृष्टिले धेरै पत्र-पत्रिका र पुस्तकहरुमा मूल्याङ्कन हुँदै आएका छन् । तर यो अध्यायलाई पन्साएर हेऱ्यौं भने उनको योगदानको अर्को एक पाटो पनि हामी समक्ष छ, त्यो हो नेपाल र भारतमा Read more







