काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले वैशाख १०, ११ र १२ गते भव्य रुपमा सम्पन्न विश्व नेपाली साहित्य सम्मेलनको घोषणापत्र सार्वजनिक गरेको छ । बिहिवार समाजले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत १६ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा नेपाली भाषा, साहित्य एवम् कलाको क्षेत्रमा विशेष योगदान Read more
२०६७ बैसाख १० गते स्थापना भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एक समारोहका वीच शुक्रबार आफ्नो ११ औँ वार्षिकोत्सव मनाएको छ । कोरोनाका कारण समय अनुकुल नभएता पनि स्वास्थ्य मापदण्ड पालना गर्दै आफनै कार्यालय परिसरमा सो कार्यक्रमको आयोजना गरिएको हो । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले अध्यक्षता गर्नुभएको Read more
वैशाख ६ र ७, पाँचथर । नेपाल प्रज्ञा–प्रतिष्ठान र नौलो साहित्यिक बिहान समाज, नेपालको संयुक्त आयोजनामा पाँचथरको फिदिममा दुई दिने पाँचथर वाङ्मय सङ्गोष्ठी–२०७८ भव्यताका साथ सम्पन्न भएको छ । उक्त सङ्गोष्ठीको समुद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अहिले नेपाल प्रज्ञा–प्रतिष्ठान देशको सिङ्गो परिचयात्मक ग्रन्थ ‘नेपालदर्पण’को लेखन, महाकवि Read more
काठमाडौं । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पूर्व) को प्रथम साधारण सभा सम्पन्न भएको छ । सभा २०७८ बैशाख ४ गते शनिबार ५२ पोखरी ५३ टाकुरी अवस्थित रुकुमकोटमा सम्पन्न भएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम(पूर्व) को तदर्थ समितिका संयोजक फत्तेकुमारी ओलीको अध्यक्षतामा सम्पन्न रुकुम पूर्वको प्रथम Read more
समाचारदाता । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एसिया समितिले साहित्यकार पारिजातको सम्झनामा सोमबार कार्यक्रम गरेको छ । नयाँ वर्ष २०७८ तथा २८ औं पारिजात स्मृति दिवसको अवसर पारेर जूम प्रविधिका माध्यमले आयोजित कार्यक्रममा अनेसास एसिया क्षेत्रका कविहरूले सिर्जना वाचन गरेका छन् । कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, सल्लाहकार राधेश्याम Read more
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक÷साहित्यकारलाई परिचय–पत्र दिने भएको छ । वाङ्मयका साधक लेखक÷साहित्यकारलाई परिचय–पत्र दिनका लागि कार्यविधिसमेत तयार भइसकेको छ । प्राज्ञपरिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल रहेको पाँच सदस्यीय कार्यदलले हप्ता दिन पनि नबित्दै Read more
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा मङ्गलबार प्रज्ञा भवनको देवकोटा सभा कक्षमा स्रष्टा भेटघाट एवम् शुभकामना आदान–प्रदानका साथै ‘नयाँ वर्षको सांस्कृतिक महत्त्व’ विषयक प्रवचन कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले भन्नुभयो– “हामीले मान्दैआएको सम्बत् विक्रम सम्बत्को सांस्कृतिक महत्त्वका बारेमा आयोजित यस गोष्ठीले सार्थक उपलब्धि Read more
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषा–साहित्यका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीको ८३ औँ जन्मजयन्तीको अवसरमा प्रज्ञा भवनमा ‘गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्वका विविध आयाम’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । सो अवसरमा जोशीद्वारा रचित खण्डकाव्य ‘हेल्चा’को लोकार्पणसमेत गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, साहित्य (मातृभाषा) Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको त्रैमासिक प्रकाशन ‘अनेसास दर्पण’को राष्ट्रकवि विशेषाङ्क शनिवार लोकार्पित भएको छ । सन् २०१४ देखि डिजिटल पत्रिकाको रुपमा प्रकाशनहुँदै आएको दर्पण पहिलो पटक ‘हार्डकपि’को रुपमा प्रकाशन गरिएको हो । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसासका कृयाकलापलाई विश्वसामु राख्न दर्पणले महत्वपूर्ण भूमिका Read more