प्रश्न त तिमीले सोधेका हौ सधै..! खुसी भई हाँस्दा स-साना प्राप्तिहरूमा, सोधेका हौ- ‘हैन छोरै पाइस् कि क्या हो ?’ भनी ! मानौँ, म छोरो भै जन्मेर मेरा बा-आमाको जीवन फेरिएको थियो ! अलिकती सुकिलो लगाउँदा उत्साहहरूमा, सोधेका हौ- कुन लाहुरेले दियो र लगाइस् ? मानौं, मैले पौरखले नयाँ Read more
अब भोलि एउटा छोटो चिनारी हुनेछ सातै जुनी सँगै काट्ने तयारी हुनेछ । घण्टौँ सडक जाम भयो, बाटैमा बिरामी मरे पक्कै आज मन्त्रीज्यूको सवारी हुनेछ । जनता सोध्छन पेटभरि खाना कहिले मिल्छ ? आश्वासन त दिए आफ्नै खेतबारी हुनेछ । आफ्नो कोमल मुटु दिई जुनीभरि कुर्यौ बिर्सिएछौ ऊ त Read more
२९ मङ्सिर, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएका कविताहरूलाई एउटै सङ्ग्रहमा प्रकाशन गर्ने भएको छ । २०२२ सालदेखि सुरु भएको राष्ट्रिय कविता महोत्सव हालसम्म निरन्तर चलिरहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवस असार ९ गते हरेक वर्ष हुने महोत्सवमा २०४६ सालसम्म राजाबाट दिइएको शीर्षकमा कविहरूबाट कविता सिर्जना Read more
मंसिर १८, काठमाडौं । साहित्यकारद्वय खगेन्द्र संग्रौला र आहुतिका बेग्लाबेग्लै दुई पुस्तक प्रकाशित भएका छन्। संग्रौलाको ‘कोरोना कैरन’ र आहुतिको ‘जात वार्ता’ दुई गैरआख्यान पुस्तकबाट नयाँ प्रकाशन संस्था बेला पब्लिकेसन्सले आफ्नो प्रकाशन यात्रा थालेको छ। कोरोना भाइरसका कारण उत्पन्न महामारी र त्यसले सिर्जना गरेको सामाजिक–आर्थिक संकट एवम् त्यसैका वहानामा Read more
काठमाडौँ । गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीत लिएर गायक राई श्रोतामाझ आएका हुन् । उक्त गीतमा राई स्वयंको सङ्गीत तथा स्वर रहेको छ Read more
तिम्रो निधारको पहराबाट नाकको भञ्ज्याङ हुँदै तलतल खसिरहेको पारदर्शी ऐनाजस्तै पसिनामा किन सफेदपोस मालिकहरूको कुटिल मुस्कान चम्किरहेको देखिन्छ ? ए! मजदुर दाइ पहरा फोरेर छहरा भई सागर लम्किरहेको नदीलाई सोधी हेर त । तिम्रो फोक्सोको खलाँती पैँचो मागेर खेतका गराहरूमा महकिलो लय हालिरहेको भदौरे बतासको मिठो बयेलीमा किन Read more
मंसिर ४, काठमाडौ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा संयुक्त रूपमा दर्शनसम्बन्धी विचार गोष्ठीको आयोजना गरियो । ‘कोभिड १९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक जुम (भर्चुअल) Read more
मंसिर ७, काठमाडौं । खासगरी मिथिला प्रदेशमा मनाइने पर्वमध्ये पवित्र र मुख्य पर्व छठ तराईका तलाउ र नदी किनारामा जम्मा भएर धुमधामसँग मनाइदै छ । चारदिनसम्म मनाइने यो पर्वको आज तेस्रो दिन हो । जुन सबैभन्दा महत्वपूर्ण दिन पनि हो । आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी षष्टी (छठी) मातालाई Read more
मंसिर ५, काठमाडौं । रेशम विरहीको निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । ‘देब्रे आँखा’ नामक निबन्धसंग्रहबाट चर्चामा रहेका रेशम विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत चार दशकदेखि सक्रिय छन् । उनको निबन्धमा जिन्दगीका विविध बिसौनी र देउराली हुन्छन् । रेशम विरही यति ज्याद्रा लेखक हुन्, Read more





