काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि ‘क्रिसमस डे’ मनाइँदै छ । येशु ख्रीष्टको जन्म आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भएकी कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसी दिएको थिए भन्छन् क्रिश्चियनहरु Read more
व्यक्तित्व तथा कृतित्व स्रष्टा विष्णु भण्डारी आचार्यको जन्म धनकुटा चौबीसे गाउपालिका- ५ मा २०२५ सालमा भएको कुरा बायोडाटाले भन्छ । पिता स्व. प्रेमबहादुर भण्डारी तथा माता स्व. चन्द्रकला भण्डारीकी तेस्रो सन्तानका रूपमा जन्मेकी कृतिकारले स्नातकसम्म अध्ययन गरेको देखिन्छ । पेसाले शिक्षक भएकाले कृतिकारको कलम एकदम बेगले कुदेको छ । Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित एकल रचना वाचना कार्यक्रम अन्तर्गत ६९औँ श्रृङखलामा साहित्यकार छविकिरण वलीद्वारा एकल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार Read more
काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २७ गते रिलीज मिति तोक्दै फिल्मले प्रचार प्रसारको पहिलो सामग्रीको रुपमा दुई पोस्टर बाहिर ल्याएको हो । गौरव पहारी, विल्सन बिक्रम राई‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, Read more
काठमाडौँ । चर्चित गायिका एलिना चौहानले राजधानीका दर्शक नचाउने भएकी छन् । क्रिसमस डेको अवसर पारेर अनामनर स्थित जम्काभेट रेष्टुरेन्टले विहिबार र शुक्रबार आयोजना गर्न लागेको ‘जम्काभेट सांगीतिक साँझ’ मा उनले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाउने भएकी हुन् । जम्काभेट रेष्टुरेन्टकै आयोजना गरेको कार्यक्रममा उनले तिमीसँग नजर जुधाई, रुवाउने Read more
मित्रताको पाठ पढाउन आचार्य द्रोणले आफ्ना शिष्यहरूलाई गुरु दक्षिणाका रुपमा पाञ्चाल नरेश द्रुपदलाई आफ्नो अगाडि उपस्थित गराउन आदेश दिएका थिए । उनले बाल्यकालीन मित्रतालाई सम्झाउँदै आफूले जितेको पाञ्चाल भूमि राजा द्रुपदलाई नै फिर्ता गरे । उनको क्षेत्रीय अहङ्कारले त्यो सहन सहज थिएन । उनको लागि अपमानभन्दा मृत्यु श्रेयस्कर थियो । Read more
प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले किरात धार्मिक वन साकेला थान उपभोक्ता समूहद्वारा निर्माण गरिएको ट्रिहाउसको उद्घाटन गनुएभएको छ । कानेपोखरी ७ मोरङस्थीत उधौली पर्वको अवसरमा उपभोक्ता समूहले आयोजना कार्यक्रमबीच प्रदेश प्रमुख खापुङले ट्रिहाउसको उद्घाटन गर्नुभएको हो । पर्यटकीय हिसाब निर्माण गरिएको ट्रिहाउसमा एउटा परिवार बास बस्नको लागि मिल्ने Read more
४ पुस २०७८, काठमाडौँ । पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदैथियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो— ‘फकिँ्रदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’ नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो Read more
काठमाडौं । किारत समुदायले आफ्नो ठूलो पर्व उधौली आज धुमधामसँग मनाउँदै छन् । प्रकृतिपूजक मानिने आदिवासी किराँत समुदायले हर्षाेल्लासका हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन यो पर्व मनाउँछन् । किराती मान्यता अनुसार आजदेखि हिउँद शुरु भयो । हिउँद शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुङ्गी बेँसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा Read more
बिसाएर बिसाउन नसकिने घटाएर घटाउन नसकिने समस्यै समस्याको भारीहरू बोकेर हिँड्दैछु निरन्तर जिन्दगीको घुम्तीहरूमा निधारबाट बगेको जलधारामा दैनिक स्नान गर्दै चढ्दैछु निरन्तर म जिन्दगीका हिमशिखरहरू । पाइला पाइलामा पहिरोको डर बोकेर कठ्याङ्ग्रिने जाड़ोमा शरीर कपाउँदै कपाउँदै उभिइरहेको हुन्छु कुनै हिमश्रृङ्खलामाथि विवश बनेर लाचार बनेर। कहिलेकाँही त झनै अन्धाधुन्ध बगाउने गर्दछन् Read more





