मित्रताको पाठ पढाउन आचार्य द्रोणले आफ्ना शिष्यहरूलाई गुरु दक्षिणाका रुपमा पाञ्चाल नरेश द्रुपदलाई आफ्नो अगाडि उपस्थित गराउन आदेश दिएका थिए । उनले बाल्यकालीन मित्रतालाई सम्झाउँदै आफूले जितेको पाञ्चाल भूमि राजा द्रुपदलाई नै फिर्ता गरे । उनको क्षेत्रीय अहङ्कारले त्यो सहन सहज थिएन । उनको लागि अपमानभन्दा मृत्यु श्रेयस्कर थियो । हस्तीनापुरबाट अपमानित भएर पाञ्चाल नरेश द्रुपद रिसाउँदै फर्किए । जम्मा पाँचजना पाण्डवका अघि आफ्नो समस्त सेना कमजोर भएकाले आफ्नो सेनामाथि आक्रोस पोखे । राजमहलभित्र पनि उनले टोडफोड गर्न थाले ।
तुरुन्तै उनले मन्त्रीमण्डलको बैठक बोलाए । बैठकमा मन्त्रीमण्डलसँग उनले सल्लाह मागे । एक जनामन्त्रीले भन,े “महाराज, रिसानी माफ होस् । हजुरको गल्ती थियो । हजुर द्रोणाचार्यसँग माफी माग्नुहोस् ।” तर रिसाएका द्रुपद उल्टै त्यो मन्त्रीसँग रिसाए र उनलाई वैठकबाटै निकालीदिए । केही नसोची उनले युद्ध गर्ने निर्णय लिए ।
हस्तीनापुर निकै शक्तिशाली राज्य भएकाले पाञ्चालले मात्र हस्तीनापुरलाई हराउन सक्दैनथ्यो । त्यसैले पाञ्चाल राज्यले अन्य कैयौँ मित्र राज्यहरूसँग मद्रुत माग्यो । तर हस्तीनापुर विरुद्ध युद्ध गर्न कुनै पनि राज्यले मानेन ।
त्यसैकारण उनलाई धेरै चिन्ता लाग्न थाल्यो । उनको मनमा पश्चातापको आगो सल्केको थियो तर उनको घमण्डले त्यो आगो बल्न दिएको थिएन । उनी रातभर सुत्न सक्थेनन् । उनलाई खाना रुच्न छाडेको थियो । बिस्तारै उनी कमजोर हुदै गए । एकदिन त उनी थलै परे । उनको हालत देखेर महारानी तथा समस्त जनता नै चिन्तित भए । कुनै पनि बैद्यको उजचारले उनलाई ठिक पार्न सकेन ।
केही दिन पश्चात यो कुरा द्रोणले थाहा पाए । उनले अश्वत्थामालाई बोलाए र भने “बाबु सामान, कपडा, खाना आदिको छिट्टै व्यवस्था गर । हामी पाञ्चाल जादैँ छौ ।”
यो कुरा सुनेर अश्वत्थामा आश्चर्यचकित भए । बाटोभरि उनले द्रोणलाई सोधिरहे, “पिताश्री, हामी पाञ्चाल किन जादैं छौ?” तर द्रोण मौन रहे । पाञ्चाल पुगेर द्रोणले अश्वत्थामालाई द्रुपद कहाँ लिएर गए र भने “तिमीले उहाँको उपचार गरिदेऊ?”
अश्वत्थामाले पनि आफ्नो पिताको आज्ञा टार्न सकेनन् । अष्ट चिरन्जिबीको वर्दान पाएका उनले सजिलै द्रुपदलाई पहिलेजस्तै हृष्टपुष्ट बनाए ।
द्रुपदलाई भने आफ्नो भुलको पश्चाताप लाग्यो । उनले द्रोणलाई आफ्नो प्राण बचाएकोमा धन्यवाद ज्ञापन गरे । साथै उनले भने “मलाई माप गरिदेऊ मित्र, सम्पतिको घमण्डले मलाई अन्धो बनायो । मैले हाम्रो मित्रता बिर्सिएँ, तिम्रो अपमान गरेँ, मलाई माफ गरिदेऊ ।” द्रोणमा न त क्रोध थियो न त प्रतिशोधको भावना र्नै । थियो त मात्र बालमित्रले मित्रताको मर्मलाई बिर्सिएकोमा दुःख । त्यसैले उनले द्रुपदलाई सजिलै माफ गरिदिए ।
(हिमरश्मि हाईस्कुल, तारकेश्वर, काठमाण्डौ )