तिखो ढुङगाको ठुँगाइलाई चित्त बुझ्दो उत्तर भल्भल्ती बगेर रगतले दिन्छ नपुगे, आँखा थोरै बर्सिदिन्छ ढुङ्गो सन्तुस्टिमा चुप चाप हुन्छ म मौन बसिदिन मिल्छ। यो धेरै सजिलो छ । तिम्रो निमेष भरको साथसँग जोडिएका अगणित प्रश्नका अविरल छालहरुलाई सम्बोधन गर्ने मसँग न समय छ न यसले कुनै अर्थ राख्छ विद्वानहरुको भीडमा Read more
“होस्टेलको कोठा हो, यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटेपछि वार्डेन Read more
कति मानिसहरु खाली अनुहार लिएर हिँडिरहे कहीँ सुनसानमा कोही कतै कतै एक्लै एक्लै हिँडिरहे कहीँ थुप्रै थुप्रै मानिसहरुको जमात अनि त्यही भिडमा कोही ठूला मान्छेहरु हिँडीरहे कोही साना मान्छेहरु हिँडिरहे तर सबै खाली अनुहार लिएर । आखिर जिन्दगी हो भविष्यको अत्तोपत्तो नभएको त्यही पनि मानिस धेरै धेरै आशा बोकेर सोचेर Read more
देशको माटोमा वर्षमा एकचोटि पाइला टेके पनि पहिलोचोटि नेपाल फर्किंदा रिङ्गरोडलाई कुनै गल्लिजस्तो देखेपनि संसारको सबैभन्दा फराकिलो हाइवेमा सरर गाडी गुडाइरहँदा आफ्नो देशका हरेक सडक र गल्लीहरु पिच् भएको सपना देख्ने हो म जस्तो देशभक्त कोही छैन । करले होइन रहरले पनि होइन सबै साथीहरु विदेश गएके देख्दा केही सिक्न Read more
एउटा बन्द कोठामा उस्तै आँखा, नाक र कान भएको सेतो रुन्चे रुमाल झुण्डिरहेछ भित्तामा विचलित भएर एक्लै खै, कुन इतिहासको खण्डदेखि ! आज म त्यसैको अनुहार पढिरहेछु एउटा नमीठो व्यङ्ग्यजस्तै लेखिएको छ अनुहारमा “रुन्चे रुमाल” यी शब्दहरुले दैनिक गीज्याउँदैछ उसैको मालीकलाई जसले मिल्कायो प..र दोबाटोमा । यस्तै संझदै .. म कोठा फर्कन्छु त्यस साँझ आँधेरीले झन सताउँछ आँखा मिच्तै अर्को विहान फेरी त्यहाँ पुगेर हेर्छु रुमाल अझै झुण्डिरहेको छ... Read more
‘ए, छिटो गर् ! हजुरबा हिँडिसक्नुभयो ।’ हजुरआमा मलाई हपार्दै आफ्नो झोला बोक्नुहुन्छ । म पनि आफ्नो झोला बोक्छु र छिटोछिटो निस्कन्छु । अगाडि अगाडि हजुरबा, हजुरबाको पछाडि पछाडि हजुरआमा र हजुरआमाको पछाडि पछाडि म कलैयाको पन्नाबागबाट भरतचोक पुग्छौँँ । पुरानो जीप घ्यार्रघ्यार्र गरिरहेको हुन्छ । ‘वीरगञ्ज, वीरगञ्ज ! जाने Read more
फेरि मैले आज सपना देखेँ आँखाहरु न हुन् सजाएर राखेछन् । समुन्द्रमा ठूलो पानीजहाज ओर्लिएपछि छोडिजान्छ पर पर आँखाबाट ओझेल नहुन्जेलसम्म । कहिलेकाहीँ आइदिन्छन् त्यो पनि सपनीमा आँखाहरु त हुन् क्यामेराको पिक्सेल र मेमोरि जस्तो सधैँ भरिलाई क्याप्चर गरेर राख्छ । त्यस्तै हो रेल पनि हवाइजहाज Read more
गाउँ छोडी चेलीलाई यता नआउ भन्दिनू धेरै चर्को गरमी छ, उता नजाउ भन्दिनू। साख्खै बनी आउने यता आफन्त धेरै छन्। नक्कली मायाको मिठो पानी नखाउ भन्दिनू। वनमै फूल्न देउ, मन्दिरमा चढाउन पर्दैन सस्तो भावनाको छोटो जामा नलाउ भन्दिनू। झोपडीमै बस्नु बरू, यता कोठी मात्र छन्। मगलभित्र निस्सासिई धेरै दुःख नपाउ Read more
‘हार्लेडेभिडसन्’ रातो मोटरसाईकल घर अगाडि हिउँको आँगनमा छ । हिउँ परेर सेताम्मे भएको सडक चिसोमा लमतन्न सुतेको छ । घरको छानाले हिउँको टोपी लगाएको छ । बाहिर बगैचामा चिसोले कठ्याङग्रीएका फूलका बोटहरु जाडोले काँप्दैछन् । ती बोटहरुमा प्रशस्त हिउँ फुलेका छन् । घरभित्र गमलाका सुन्दर फूलहरु हिटरको न्यानो तापेर टेबुलमा Read more
मानिस भएर जन्मेपछि सुख र दुःख दुइटै पाटा भोग्नु पर्छ तर किन मानिस सुखको मात्र खोजी गरिरहेको हुन्छ । यस्तै यस्तै हजारौं प्रश्नहरु मेरो दिमागमा आईरहेको हुन्छ, घुमीरहेको हुन्छ र म यिनै प्रश्नहरुको उत्तर खोजीरहेको हुन्छु । यही उत्तर खोज्ने क्रममा लेख्न थाल्छु, अनि लेख्दै उत्तर पनि दिन थाल्छु । Read more