“………… राज मधुकरले रानी मधुमालती समेतलाई उही फटिकको खम्बाबाट निस्केको बायुपंखी घोडामा चढाई त्यहाँबाट उडे ।” आमा एउटा किताब लिएर पढ्न थाल्नुहुन्थ्यो । त्यसबेला म ज्ञानी बालकजस्तै आमाको छेउमा चुपचाप बसिरहन्थेँ । यद्यपि म बाहिर बिल्कुलै शान्त र गम्भीर देखिन्थे, तर आमाको प्रत्येक शब्दको तालमा मेरो मुटुको प्रत्येक Read more
असौजको महिनाको मध्य भए पनि यस पटक पानी नपरेको हुनाले हिलो थिएन । तीस–पैतीस वटा घर थिए, तर सम्मो नहुनाले छरिएका थिए । आर्थिक स्तर उस्तै उस्तै भएका यहाँका बासिन्दाहरू बाहुन क्षेत्री र घर्तीहरू थिए । आफ्नो खेतीले खान पुग्ने कोही थिएन, सबैले बेसाउँथे । यो बेसाउने मौसम नै थियो Read more
जब सिर्जनाका धनी श्रमजीवीहरूको चेतनाको ढोका खुल्छ, शोषणको कालो साम्राज्य जरैदेखि डगमगाउन थाल्छ, तब श्रमको मूल्य खोज्दै उनीहरूले मुठ्ठी कस्नमात्र थाल्दा प्रतिक्रियावादीहरूको मुटु काम्न थाल्छ । अजारौँको लासमाथि उभिएको आलिसान महलमा खैलाबैला मच्चिन्छ । अनि सङ्गिनको घेराभित्र आफूलाई सुरक्षित बनाएका हत्याराहरूको सपना निशाचरको भीमकाय छायाले भताभुङ्ग बनाइदिन्छ । त्यो बेला Read more
बैरीको पोथ्राले पिटाइ खान्छ । अचम्म होइन । संसारका आधाले भोक खानु, भाटभटेनीहरू अर्थात् न माथिका न तलका – ले गुन्द्रुक भात खानु र देशसेवाका ठेकेदारहरूले ककटेल खानुजत्तिकै स्वाभाविक भैसकेको छ बैरीको पोथ्राले पिटाइ खानु – उसकी आमा बैदार्नीको हातबाट । गाउँ छोडिन् तर गाउँले छोडिनन् बैदार्नीले । पहाडको घरबार Read more
गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ र आकार दिने प्रतीकहरूमा विम्बित हुन्छ । मलाई त Read more