यसबेला केही निस्तेज शीरहरू झुकेर सभक्ति अभिषेक चढाइरहेछन् म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु यसबेला केही दुर्बल मुठ्ठीहरू फुक्केर विनीत भावले जम्लेहात जोडिरहेछन् म तिम्रो वज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु यसबेला केही थकित पाइलाहरू गलेर माझ बिसौनीमै बास मागिरहेछन् म तिम्रा जब्बर पाइलाहरूलाई झन् अग्रसर देख्न चाहिरहेछु यसबेला केही कर्णकटू स्वरहरू […] Read more
जदौ हजूर……….। मालिक अलि टाढै बस्नुस् नाउँ लक्ष्मी, आमा–बाकी एउटी छोरी न जेठी न कान्छी न ठूली न सानी गरीबको घरमा बत्ती बलेकी थिएँ, हजुर बत्ती । तर कर्मको खोटी अलच्छिन मोरी बाह्र वर्ष नपुग्दै पोली खाएँ बा–आमा असारको पैह्रोले किचेर एकै चिहान परे कठै हट भरेर फर्केकाहरू । कहाँ जाने अभागिनी ! आँखाको सोझी […] Read more
मेरा क्रोधहरू सकिएपछि अन्यायमाथिका मेरा प्रतिक्रियाहरू सकिनेछन् अपराधहरूमाथि मेरो आक्रोश पुग्ने छैन त्यसबेला म स्वयं सकिनेछु म सकिएपछि घामका किरणहरूले बनाउने अर्बौँ छायाँहरूमध्ये घट्नेछ एउटा छायाँ उज्यालो संसारको एउटा चेत सकिनेछ म असाध्य माया गर्छु मानिसका प्रेम र करुणाहरूलाई उत्सवमा उठ्ने हात र हावामा हल्लिने पताकाहरूलाई प्रसन्न हुँदा उज्यालो र खिन्न हुँदा अँध्यारो प्रकाश र […] Read more
आमा, त्यो आउँछ र? “हो, बा, त्यो आउँछ । त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ । त्यसको कम्मरमा झुण्डिएको, शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ; त्यसैले ऊ अधर्मसित लड्नेछ ! त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभनदा पनि बढ्ता छोइने भएर आउँछ ।” हो र […] Read more
दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैं आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर, घाउहरु कोट्याएर; दिनभरि सल्लाघारीझैँ एकलासमा अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर; दिनभरि पाते च्याउझैं धरती र आकाशको विशालतादेखि टाढा एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर, एउटा सानो छाताले आफुलाई ढाकेर साँझमा जब नेपाल खुम्चिएर काठमाडौं काठमाडौं डल्लिएर नयाँ सडक र नयाँ सडक—असङ्ख्य […] Read more