आज भोली मलाई अध्यारो रात मन पर्छ ।
एक्लै जुन तारासँग गर्नलाई बात मन पर्छ ।
तिमी जस्तै स्वार्थीहरुको नजर पर्छ भनेर,
अध्यारोमा फुल्ने फूल पारी जात मन पर्छ ।
फुल टिपेर बोट भाँच्ने नियत गरेपछि तिम्ले,
फुल्न छोडेर तिते पातीको पात मन पर्छ ।
कुलतमा फसेको छु मुस्किलमा छ जिन्दगी,
धोका खाए पछि नसाको मात मन पर्छ ।
उपाहार दिने निउमा पिठ्ठिउमा छुरा हान्यौ,
उपाहार दिनेहरु भन्दा खाली हात मन पर्छ ।
(तुर्माखाँद, अछाम)