धन भन्दा बिद्या ठूलो भन्ने आधार छ, तर पनि पैसामै अडिएको संसार छ। धन पनि क्षणिक, यो जीवन पनि क्षणिक, खै, किन हो तिम्रो वजनमा अहंकार छ। कति कुरुप बनाइदियो पैसाले मानिसलाई, न कसैमा दया छ, न त मनमा प्यार छ। छ त यहाँ केवल प्रतिस्पर्धाको भावना, दुनियाँलाई त जितौला तर आफैं भित्र हार छ। न जन कमायो, न त मन कमायो, भलै ऊ सँग धन सम्पत्ती अपार छ। (सतुंगल)