दाङ ।
आज इच्छुक सांस्कृतिक प्रतिष्ठानको लमही– ५, रातोडाँडामा निर्माण गरिएको पर्खाल सम्पन्नताको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष समेत रहेका निर्माण समितिका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता तथा लमही नगरपालिका वडा नं. ५ का नवनिर्वाचित वडाध्यक्ष ओमप्रकाश सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक सुनुवाइमा निर्माण समितिका सदस्य ईश्वरीप्रसाद गैरेले पर्खाल निर्माणमा भएको सम्पूर्ण आय–व्ययको बिबरण पढेर सुनाएका थिए । पर्खाल निर्माण कार्यमा लुम्विनी प्रदेश सरकारले विनियोजन गरेको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको रु दस लाख रकम र प्रतिष्ठानको २ लाख ३६ हजार ८५० रुपैयाँ ७१ पैसा गरी जम्मा रु.१२ लाख ३६ हजार ८५० रुपैयाँ ७१ पैसा खर्च भएको बिबरण पढेर सुनाइएको थियो ।
निर्माण कार्यमा सङ्लग्न सम्पूर्ण कामदार तथा लमही नगरपालिका वडा नं. २, ३, ४, ५ र ८ का किसान, उद्योगी व्यापारी, वुद्धिजीवी, विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूको उपस्थितिमा सुनुवाई कार्यक्रम सम्पन्न गरिएको थियो । निर्माण समितिमा रहेका सबै सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रममा निर्धारित समयमा इस्टिमेट बमोजिमको कार्य सम्पन्न भएकोमा उपस्थित सबैले खुसी व्यक्त गरेका थिए । प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको संयोजकत्वमा बनेको निर्माण समितिका सदस्यहरूमा प्रताप रेग्मी– घोराही, यमनारायण पोखरेल– गढवा, प्रकाश चौधरी– घोराही, ईश्वरी प्रसाद गैरे र खगेश्वर भण्डारी– तुलसीपुर तथा कृष्णप्रसाद घिमिरे – लमही रहेका छन् ।