घुन र मान्छे
फरक जिव हुन्
तर
केहि मान्छेहरू को नियति
घुनको जस्तै देखिन्छ ।
घुनहरु
कहिले जातोमा पिसिनुपर्छ
कहिले हाडिमा भुटिनुपर्छ
कहिले माटोमा गाडिनुपर्छ
ठिक उस्तै उस्तै
केही मान्छेहरु
शासकबाट पिसिन्छन
सत्ताबाट भुटिन्छन
धर्ती पुत्र भएरै माटोमा गाडिन्छन।
कास
घुन मान्छे भैदिएको भए
मान्छे घुन भैदिएको भए
न पिसिनि, भुटिनु र गाडिनु पर्थ्यो
सायद
यो सृष्टिको परिभाषा बदलिन्थ्यो भने
फगत बन्नेथ्यो
यो नियतिको संरचना
अनि
टुक्रन्थे जातो फुटथे हाँडीहरु
धुलो भएर उडनेथ्यो माटो।
(तनहुँ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।