कैयौँ युगहरु फेरिए
कैयौँ परिवर्तनहरु भए
तर फेरिएन उनीहरूलाई हेर्ने दृष्टिकोण
अझै पनि किन अछूत व्यवहार ?
एउटा दलितको नाममा ।
उसल हरेक निरङ्कुशताको विरुद्ध
अग्रपङ्क्तिमा रहेर
अनेकौँ यातनाहरु सहेर
लडिरह्यो ! लडिरह्यो !
तर ऊ स्वयंले पनि
आफ्नो हक र समानताको
महशुससम्म गर्न पाएको छैन ।
कहिले पैसामा जोखिएन
न त भौतिक सुखमा नजर पुर्यायो
बरु मानवीय सदगुण
सबैमा शौहार्दपूर्ण व्यवहार हुनुपर्छ
यस्तै सपनाहरू बोकेर
बा, आमालाई सम्झाएको थियो
जहान छोराछोरीको भविष्यको
आशाको दियो बालेको थियो
तर परिवर्तनको न्यानो घाम
आइपुगेन उस्को दैलो सम्म ।
ऊ अहिले ओछ्यान परेको छ
उस्ले सकुनजेल
सम्झाउन,बुझाउन खोजेकै हो
यो पृथ्वी, जल, वायु, तेज, आकाश एउटै हो
ईश्वर आत्मा उही हो
रगत सबैको रातै हुन्छ
दलित थरमा हुँदैन
हामी भित्रको व्यवहारमा हुन्छ ।
ऊ आफै चुकचुकाइरहेछ
यो कस्तो परिवर्तन भएछ
जहाँ दलित भएकै भरमा
कैयौँ नवराजहरूको
बीभत्स हत्या हुन्छ
जब देख्छ न्यायको बलि चढिरहेको
भक्कानिदैँ, भक्कानिदैँ
बगाइरहेछ अश्रुधारा
एक परिवर्तनकारी योद्धा
रामकृष्ण नेपाली ।
(कागेश्वरी मनोहरा, काठमाडौ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।