काठमाडौं ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आज एक विज्ञप्ती जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेखसम्म बाटो बनाएको भनी केही दिन अगाडि दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा र भत्र्सना गरेको छ ।
सङ्गठनका अध्यक्ष जगदीश चन्द्र तथा महासचिव हिरामणि दुःखीको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा भनिएको छ– ‘हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक कार्यक्रममा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप हुने गरी तिब्बतको मानसरोवर पुुग्नका लागि नेपालको भूभागमा पर्ने लिपुलेकसम्म सडक विस्तार भइसकेको भनी दिएको अभिव्यक्ति प्रति हाम्रो सङ्गठनको ध्यानाकर्षण भएको छ र उक्त कार्यको हाम्रो सङ्गठन तीव्र निन्दा एवम् घोर भत्र्सना गर्दछ ।’ भारतीय शासक वर्गले यस अघि पनि नेपालको दर्जनौ ठाउँको भूभाग मिचेको र नेपालमाथि अनेकौँ प्रकारले गरिएको हस्तक्षपको पनि विरोध गरेको छ ।
भरखरै मात्र सङ्गठनको केन्द्रीय समितिको बैठकका निर्णयहरूबारे जानकारी गराउन जारी गरिएको वक्तव्यमा नेपालको संसदबाट पारित गर्न र गराउन लागिएको राष्ट्रघाती एमसीसी सम्भौताको पनि कडा रूपमा विरोध गरेको जनाएको छ । उसले यसप्रकारका राष्ट्रघाती सम्झौता तथा नेपालमाथि भइरहेको वैदेशिक हस्तक्षपका विरुछ सम्पूर्ण संस्कृतिकर्मीहरू एकजुट भएर विारोधमा उत्रन आह्वान पनि गरेको छ । वक्तव्यमा नेपालमा भइरहेको वर्तमान सरकारद्वारा सिर्जित वेरोजगारी, भ्रष्टाचार, कमिशनतन्त्र, दिनहुँजसो आकशिँदै गएको महङ्गी र कालो बजारीबाट आक्रान्त नेपाली जनताको दैनिक जीवन झन् झन् कष्टकर हुँदै गएको जनाउँदै त्यसका विरुद्ध सशक्त रूपमा प्रतिरोधमा उत्रनुपर्ने जनाएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ–
‘भरखरै मात्र हाम्रो प्यारो सांस्कृतिक सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले यही माघ र फागुन महिना भित्र सम्पन्न हुनेगरी दुई महिने सङ्गठन विस्तार तथा ध्रुविकरण अभियान सञ्चालन गर्ने, प्रदेशका भेला, आङ्गिक सङ्गठनहरूका भेला तथा विस्तार अभियान चलाउने निर्णय गरेको छ । यसका साथै महासङ्घले एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका विरुद्ध सांस्कृतिक, साहित्यिक कार्यक्रम सहितविरोध गर्ने, भारतीय शासक वर्गबाट नेपालमाथि भएका सबै खाले हस्तक्षेपको भण्डाफोर र विरोध गर्नेलगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ ।
हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक कार्यक्रममा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप हुने गरी तिब्बतको मानसरोवर पुुग्नका लागि नेपालको भूभागमा पर्ने लिपुलेकसम्म सडक विस्तार भइसकेको भनी दिएको अभिव्यक्ति प्रति हाम्रो सङ्गठनको ध्यानाकर्षण भएको छ र उक्त कार्यको हाम्रो सङ्गठन तीव्र निन्दा एवम् घोर भत्र्सना गर्दछ । भारतीय विस्तारवादी शासकद्वारा नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि त्यस किसिमको हस्तक्षेप र अतिक्रमण नेपालका दर्जनौ क्षेत्रमा हुँदै आएको छ । उक्त गतिविधिका विरुद्ध तथा नेपालको अश्मितामाथि नै अतिक्रमित हुनेगरी अमेरिकी साम्राज्यवादलाई एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका माध्यमबाट भित्र्याउन लागिपरेको वर्तमान सरकार र प्रतिपक्ष घटकका विरुद्ध सम्पूर्ण संस्कृतिकर्मीहरू एकजुट हुन आह्वान गर्दर्छौं ।
यसका साथै कथित लोकतान्त्रिक वर्तमान सरकारद्वारा सिर्जित वेरोजगारी, भ्रष्टाचार, कमिशनतन्त्र, दिनहुँजसो आकशिँदै गएको महङ्गी र कालो बजारीबाट आक्रान्त नेपाली जनताको दैनिक जीवन झन् झन् कष्टकर हुँदै गएको छ । कथित वैदेशिक रोजगारका नाममा नियोजित रुपमा राज्यले नै विक्रि गरेर युवाहरूलाई विदेश पलायन हुन वाध्य पारेको छ । न्यायिक क्षेत्र आफैँमा भ्रष्टाचारको दलदलमा फसेर द्वन्द्वग्रस्त बनेको छ र जनतालाई न्यायबाट बञ्चित गरेको छ । महिला, वालवालिका स्वयम् राज्यका संरक्षकहरूबाटै असुरक्षित बन्दै गएका छन् । मजदूर, किसान र सुकुम्वासीहरूका समस्या दिनप्रति दिन बढ्दै गएका छन् । राज्य त्यसको समाधानमा नलागि दलालहरूका पक्षमा लागेको छ । यसर्थ राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरूमा राज्यको अनुपस्थितिलाई चिर्न र जनगणतन्त्रको पक्षमा उभार ल्याउन सम्पूर्ण प्रगतिशील प्रगतिवादी संस्कृतिकर्मीहरूमा आह्वान गर्दछौँ ।’
हिरामणि दुःखी जगदीश चन्द्र
महासचिव अध्यक्ष