राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को नियमित मासिक कार्यक्रम अन्तर्गत रुकुम साहित्यमालाको ९१ औं श्रृङ्खला मिति २०७८ पुस ३० गते मुसिकोट नगरपालिका १ खलंगा जनविकास पुस्तकालय स्थित परिषद्को आफ्नै कार्यालयमा माघी पर्व २०७८ को अवसरमा शुभकामना आदानप्रदान सहित सम्पन्न भएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) का अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष गिरिप्रसाद बुढाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी जनविकास पुस्तकालयका अध्यक्ष मिनबहादुर पुन, राप्ती राहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहकार मुकुन्दप्रसाद शर्मा, प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष कमप्रसाद देवकोटा, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पशिचमका सचिब ओम बहादुर खत्री, नेकपा एमाले रुकुम पश्चिमका उप सचिव गणेश सुनार, जनविकास पुस्तकालयका उपाध्यक्ष नारायणप्रसाद शर्मा, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका सह प्राध्यापक हरिविष्णु ओली, त्रिवेणी माध्यमिक विद्यालयका शिक्षक मोहनराज घर्ति लगायतको आतिथ्यता रहेको थियो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सदस्य रुपा केसीको सञ्चालन रहेको उक्त कार्यक्रममा दर्जन बढी स्रष्टाहरूबाट रचना प्रस्तुत गरिएको थियो । बाचित रचनाको समीक्षा साहित्यकार मुकुन्दप्रसाद शर्माले गर्नुभएको थियो ।