भरखरै फक्रँदै गरेको मनमोहक गुलाफको फूलको नजिकै गएर एकछिन नियाल्दै सोधें, ` आहा! यी हेर्दै डरलाग्दा तीखा विषालु काँडाहरूको बिचमा पनि कस्तो भयहीन मुक्त मुस्कान !´
`काँडाहरूले मेरो जवानी र मुस्कानलाई के गर्ने हुन र ?´ उसले निर्भिक भएर सोधी ।
`तिमीलाई नै चिथोरौंला झैं गरेर ठडिएका छन नि त तिनीहरू । डर लाग्दैन ? ´ मैले सोधें ।
`जसलाई तिमी तीखा र विषालु देख्छौ, ती मेरा रक्षक हुन । र मैले आफ्ना रक्षकहरूसँग न डराउनु पर्छ, न कुनै शङका गर्नु ।´ उसले काँडाभन्दा तीखो जबाफ दिई ।
(अरुण- ५, भोजपुर)