आफ्नै खाता भराऊ महल बनाऊ म केही भन्दिनँ
जग्गा जमीन आफ्नै नाम गराऊ म केही भन्दिनँ
आफ्नो पद र पैसामा त्यति घमण्ड छ भने नेताज्यू
आफ्नो चिता तिमी आफै जलाऊ म केही भन्दिनँ।
यहाँ गीतालाई छोएर पनि झुटो कसम खाइन्छ
जसको गोजीमा दम छ उसैले मात्र न्याय पाइन्छ
तपाईं भन्नहुन्छ म सत्य छु मसँग प्रमाण छ भनेर,
हेर्नुहोस् यहाँ पैसामा सत्य लुकाइ झुटो बिकाइन्छ।
तिमीलाई पाइन भने मर्छु भन्दै गीत नगाए हुन्छ
पूरा गर्न नसक्ने भए व्यर्थै कसम नखाए हुन्छ
तिमीसँग रहँदा मैले व्यवहार बदल्नु पर्छ भने भैगो
अब तिमीले मसँग माया नै नलाए हुन्छ।
(बाक्सा, असम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।