सुनसान त्यो अँधेरी रात चिर्दै
पूर्वी क्षितिज रातो हुने विहानी
तुषारोमा कठ्याङ्ग्रिएकी जुनेली
थोरै तातो हुने विहानी
शहीद हुनुभन्दा अलि अघि
रुक्मेल्नीले सपनामा देखेकी
चरीहरु चिरबिर गर्दै उठ्ने
हो, त्यही विहानी
कतै भेट्यौ कि त जुनेली !
अभिलाशाहरुमा
बर्षे भेलका नालाहरु
चिरा चिरा पारेर जमीन
हो, मध्यरातको सपनीमा
साउने झरीसंगै पहिरो गएपछि
भालेको डाकोसँगै जुर्मुराउने
भेटिदै भेटिएनछ त जुनेली
त्यो विहानी !
मीठो निद्रा खल्बल्यउदै
सुस्त सुस्त पदचापसँगै
गाग्री बोकेर पँधेरा जाँदा
उठ्ने विहानी
सोध जुनेली
अ, हो उनैलाई
धर्ती आकाश थर्काउने गरी
सोध र लेख
तिमीले मुठ्ठी पारेर उठाएका
जोसिला पाखुरीमा
खै किन नउदाएको होला विहानी !
(रुकुम पश्चिम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।