देख्याथेँ मैले, साथीको फोटो, विदेशमा रमाको
सोच्दथेँ सधैं, डलरको बिटो, सजिलै कमाको ।।
देख्थिनँ मैले, यहाँको दु:ख, भन्थेनन् कसैले
दु:ख नै दुःख, भोग्ने पो रैछन्, यहाँ त सबैले ।।
फोन गर्छ साथी, सोध्दैन कहिल्यै, के-कस्तो छ काम
भन्दछ सधै, सजिलै उसले, छाप्या छस् दामै दाम ।।
चसक्क मनमा, त्यो शब्द बिझ्छ, भन्दिनँ केइपनि
अत्ति त नभन्, ठिकै छ यार, भन्दिन्छु मपनि ।।
त्यसैले साथी, फोन गर्दा मलाई, नसोध न कमाइ
छैन यार मनि, यो ठाउँमा बस्या, रमाई-रमाई ।।
देख्या थेँ मैले, साथीको फोटो, विदेशमा रमाको
सोच्दथे सधैं, डलरको बिटो, सजिलै कमाको ।।
(न्यूजिल्यान्ड)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।