(१)
जीवन भन्नु नै भ्रम मात्र रहेछ
खुशी भन्नु नै क्षणिक मात्र रहेछ
यात्राको उत्तरार्धमा निश्चिन्त छु
प्रम नै जीवनको निचोड रहेछ !!!
(२)
जीवन त आखिर दुई दिनको मायाको खेल न हो
यात्रा क्रममा छुट्टिदै जाने आखिर यो रेल न हो
आउनु जानु जानु आउनुको यो प्राकृतिक नियममा
समयमै बुझ्न सक्नु पर्छ आखिर यो मायाको भेल न हो !!!
(३)
बतास हो जिन्दगी बहिरहन्छ न रोकिन्छ न त फर्कन्छ
नदी हो जिन्दगी कहिले शान्त बन्छ त कहिले थर्कन्छ
थुप्रै बसन्त पार गरेपछि सहारामा मात्र बाच्ने जिन्दगी
पहाड हो जिन्दगी चढ्नसके जितिन्छ नसके रित्तै फर्कन्छ !!!
(४)
हिँड्दा हिँड्दै कहिलेकाहीँ बाटो पनि अबरुद्ध बन्दोरहेछ
सोच्दासोच्दै कहिलेकाहीँ सोच्न बाँकी कुरा पनि नहुँदोरहेछ
जीवन त सुखदु:ख अनि घाम छायाको जिन्दगानी न हो
भोग्दाभोग्दै जीवनमा जिउनुको क्रम पनि भङ्ग हुँदोरहेछ !!!
(भर्जिनिया, अमेरिका )
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।