राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को आयोजना तथा त्रिवेणी गाउँपालिकाको प्रायोजनमा “रुकुम साहित्य संगम” कार्यक्रम सम्पन्न भएकाे छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको आयोजना एवम् त्रिवेणी गाउँपालिका तथा मुसिकोट नगरपालिकाको प्रयोजनमा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन अगाबै त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष झक्कुप्रसाद घर्तीले साहित्यकारहरूलाई स्वागत गर्नुभएको थियो । अतिथिहरूलाई पञ्चेबाजा तथा मयूर नृत्यका कन्याहरूबाट भव्य स्वागत गरिएको थियो ।
कार्यक्रम मिति २०७८ मंसिर १ गते त्रिवेणी गाउँपालिका वडा नं. २ सिम्रुतु स्थित सभा हलमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ डा देवी नेपालको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमका विशिष्ट अतिथिहरू प्राज्ञ डा. धिरेन्द्र प्रेमर्षि, प्राज्ञ डा. कपिल लामिछाने, वरिष्ट साहित्यकार हरिप्रसाद भण्डारी, त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष झक्कुप्रसाद घर्ती, जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य टेकबहादुर ओली, अतिथिहरूमा त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका उपाध्यक्ष निर्मला विष्ट, साहित्यार पूर्ण ओली, राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका सल्लाहकार केशबराज देबकोटा, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका सल्लाहकार भुवनेश्वर उपाध्याय, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहाकार मुकुन्दप्रसाद शर्मा, सिम्रुतु क्यामपसका क्यामपस प्रमुख सूर्यबिक्रम खड्का, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सचिव ओमबहादुर खत्री, त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुका प्रधानाध्यापक डिल्लीबहादुर मल्ल, त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका स्रोत व्यक्ति नरेन्द्र दहाल, कला, साहित्य, संस्कृति, संरक्षण मञ्च त्रिवेणीका अध्यक्ष नन्दकुमार घर्ती, प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा रुकुम पश्चिमका कोषाध्यक्ष कुबेर मल्ल, बजार व्यवस्थापन समिति सिम्रुतुका अध्यक्ष तुल्सीराम बुढाथोकी, मयूर युवा कल्वका उपाध्यक्ष प्रेमप्रकाश मल्ल लगायतका हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राज्ञ डा देवी नेपाल र विशेष अतिथि त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष झक्कुप्रसाद घर्तीले संयुक्त रुपमा गर्नुभएको थियो । साहित्यिक प्रशिक्षण कार्यक्रम अन्तर्गत प्राज्ञ देवी नेपाल र प्राज्ञ धीरेन्द्र महर्षिले काव्यको विषयमा तथा प्राज्ञ कपिलदेव लामिछाने र हरिप्रसाद भण्डारीले आख्यानको विषयमा सहित्यिक प्रशिक्षण दिनुभएको थियो । उक्त सिर्जनात्मक साहित्यिक कार्यक्रमलाई त्रिवेणी कला, साहित्य संस्कृति संरक्षण मञ्चले पञ्चेवाजा, मयुर नाच र स्वागत गीतले कार्यक्रमलाई थप मिठास्ता बनाएको थियो ।
यस कार्यक्रमलाई त्रिवेणी गाउँपालिका रुकुम पश्मिका अध्यक्ष झक्कुप्रसाद घर्ती, उपाध्यक्ष निर्मला विष्ट, राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका सल्लाहाकार केशवराज देवकोटा, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका सल्लाहाकार भुवनेश्वर उपाध्या लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । त्रिवेणी स्थित मावि तहका विध्यार्थी तथा नेपाली विषका शिक्षकहरू सहभागी महत्वपूर्ण साहित्यिक कार्यक्रमले रुकुमको साहित्यलाई मात्र नभई स्तरीय नेपाली शिक्षणमा समेत टेवा पु¥याएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सचिव ओमबहादुर खत्रीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका उपाध्यक्ष सिर्जना शर्माले गर्नुभएको थियो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको आयोजना एवम् मुसिकोट नगरपालिक तथा त्रिवेणी गाउँपालिकाको प्रयोजनमा सञ्चालित कार्यक्रमको उद्घाटन अगाबै मुसिकोट नगरपालिका रुकुम पश्चिमका नयर प्रमुख देवीलाल गौतमले साहित्यकारहरूलाई स्वागत गर्नुभएको थियो । स्वागत लगतै साहित्यकार पारिजातको शालिकमा माल्र्यापण समेत गरियो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को आयोजना तथा मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाको प्रायोजनमा “रुकुम साहित्य संगम” कार्यक्रमको दोस्रो दिन मिति २०७८ मंसिर २ गते मुसिकोट नगरपालिका वडा नं. ५ सेरीगाउँ स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालय प्राङगणमा सम्पन्न भएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ डा देवी नेपालको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमका विशिष्ट अतिथिहरूमा मुसिकोट नयरपालिका रुकुम पश्चिमका नगर प्रमुख देविलाल गौतम, नेपाल सरकार कर्णाली प्रदेशका सचिब भरतकुमार शर्मा, एकीकृत नेकपा (माओवादी) रुकुम पश्चिमका इन्चार्ज बसन्तकुमार शर्मा, प्राज्ञ डा. धिरेन्द्र प्रेमर्षि, प्राज्ञ डा. कपिलदेव लामिछाने, वरिष्ट साहित्यकार हरिप्रसाद भण्डारी हुनुहुन्थ्यो ।
उक्त कार्यक्रमका अतिथिहरूमा प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, साहित्याकार पूर्ण ओली, मुसिकोट नगरपालिका वडा नै. ५ का वडा अध्यक्ष सुशील गौतम, राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका सल्लाहकार केशबराज देबकोटा, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहकारहरू मुकुन्दप्रसाद शर्मा, हरिप्रसाद खनाल, यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरिगाउँ रुकुम पश्चिमका प्रधानाध्यापक दामोदर पौडेल, कान्पिुर टेलिभिजनका सम्वाददाता महेश के.सी. जनविकास पुस्तकालयका कोषाध्यक्ष रमा गौतम, यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाउँका विव्यस अध्यक्ष महेन्द्र गौतम लगायतका हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राज्ञ डा देवी नेपाल र विशेष अतिथि मुसिकोट नगरपालिका रुकुम पश्चिमका नगर प्रमुखबाट सामूहिक रुपमा गरिएको थियो । उद्घाटन एवम् शुभकामना मन्तव्य रमा गौतम, हरिप्रसाद खनाल, केशवराज देवकोटा, भरतकुमार शर्मा, देवीलाल गौतमले समापन गरे पनि हुन्छ । उक्त सिर्जनात्मक साहित्यिक कार्यक्रमलाई सम्वोदन गर्दै आख्यानकार हरिप्रसाद भण्डारी, प्रज्ञ डा. कपिलदेव लामिछानेले आख्यानको विषयमा सिर्जनात्मक प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी सिर्जनात्मक प्रशिक्षण लगतै ससाना नानीहरू कविता रचना गर्दै वाचन गर्न तछामछाड गरेका रमाइलो दृश्य देखिनथ्यो ।
यस सिर्जनात्मक साहित्यिक कार्यक्रममा नगर तथा जिल्ला भित्रका माध्यमिक तहका विद्यार्थी तथा नेपाली विषयका शिक्षकहरूको सहभागिता देखिन्थ्यो । काव्य लेखन तथा वाचनका विषयमा प्राज्ञ डा. देवी नेपाल र धीरेन्द्र प्रेमर्षि सिर्जनात्मक साहित्यिक प्र्रक्षिण सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा त्रिभुवन जनता माविका विद्यार्थीहरूले वीचवीचमा प्रस्तुत गरिएको नृत्यले रोचकता प्रदान गरेको थियो । सिर्जनात्मक प्रशिक्षण अन्तर्गत काव्य र आख्यानको सैद्धान्तिक प्रशिक्षणबाट साहित्यिक तथा नेपाली भाषा शिक्षणको सिकाइमा समेत टेवा पुग्ने विश्लेषण गरिएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहकार कमप्रसाद देवकोटाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका उपाध्यक्ष सिर्जना शर्माले गर्नुभएको थियो ।
कार्यक्रमको तेस्रो दिन अतिथि साहित्यकारहरू प्राज्ञ डा. देवी नेपाल, प्राज्ञ धीरेन्द्र प्रेमर्षि, प्राज्ञ कपिलदेव लामिछाने, वरिष्ठ साहित्यकार हरिप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । महत्वपूर्ण कार्यक्रमको प्रायोजन गर्ने मुसिकोट नगरपालिका रुकुम पश्चिम र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमलाई पनि सम्मान गरिएको थियो । त्यस्तैगरी भरतकुमार शर्मा, पूर्ण ओली, राप्ती साहित्य परिषद्का केन्द्रीय महासचिव रमेश सुबेदी, मुकुन्दप्रसाद शर्मा, सल्यानका साहित्यकार केशवराज देवकोटा, रुकुम पूर्वका साहित्यकार भुवनेश्वर उपाध्याय, नन्दकुमार घतीलाई सम्मान गरिएको थियो ।