(१)
पित्तल भएपनि ठिक छ सुनको जलपले टल्काउनु छैन
भएकोमा खुसीले रम्ने हो पीरको राँको सल्काउनु छैन
ठूला ठूला सपना देखेर किन महत्त्वाकाङ्क्षी हुनु र खै ?
आकाशको फल टिप्नैपर्छ भनी पसिना खल्काउनु छैन ।
(२)
कतै नेपाली संस्कृतिमाथि आधुनिकताको लेपन लाएको त हैन?
पतिलाई बाबा, पत्नीलाई मम्मी भन्ने अनौठो प्रथा आएको त हैन ?
सासूलाई आमासम्म ठिकै हो जेठानी दिदीलाई भाउजू भन्दैछन् !
बोलाउने नाताको हेरफेरले हाम्रो मौलिकतालाई खाएको त हैन ?
(३)
धितो राख्न सुन माग्यौ सुन दिएँ सुन पनि भुल्यौ
पैँचो भनेर नुन माग्यौ नुन दिएँ नुन पनि भुल्यौ
आफू रित्तिएर पनि तिम्रो कल्याणमा जुटिरहेँ म !
तिमी बलवान् भएपछि मेरा सबै गुन पनि भुल्यौ ।
(मदाने-२ गुल्मी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।