(१)
जीवनलाई जुवाको दाउ नबनाऊ है साथी
जानीजानी मुटुमा घाउ नबनाऊ है साथी
नशा चड़्छ बानी पर्छ छुट्टाउन गाह्रो हुन्छ
तिम्रो देह यमराजको नाउ नबनाऊ है साथी।
(२)
बोकेर सपनाको भारी गल्ती गर्यौं परदेशी
गएर सात समुद्र पारि गल्ती गर्यौं परदेशी
गाउँमा खेत जोत्थ्यौ आज आफै जोतिएका छौं
राखेर बाँझै खेतबारी गल्ती गर्यौं परदेशी।
(३)
यसपालि दशैंमा आउनु हुन्छ घर छोरो सोध्दैथ्यो
सिमानामा शत्रुको लाग्दैन र डर छोरो सोध्दैथ्यो
आफ्नो छाती थापेर हाम्रो देश बचाउँदै गर्दा उस्ले
कहिले लैजाने घुमाउन ठुला सहर छोरो सोध्दैथ्यो ।
(चिराङ, बाताबारी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।