(१)
गोर्खालीले अरूलाई रुवाएर हाँस्न जान्दैन
अर्कालाई दबाएर आफूलाई उकास्न जान्दैन
देशको लागि लड्न र मर्न तयार रहन्छ
सधैँ स्वार्थको लागि मात्रै साइनो गाँस्न जान्दैन ।
(२)
सहज - सरल, असल, सुशील बानी हुनुपर्छ
सानो खुसीमा रमाउने जिन्दगानी हुनुपर्छ
घमण्ड र अहङ्कार केका लागि ए प्राणीजति
मै हुँ भने पनि एकदिन खरानी हुनुपर्छ ।
(३)
अहममा डुबेर आफूलाई श्रेष्ठ मान्नेले मान्दै गरुन्
पिठ्युँपछाडि तिता बचनले हान्नेले हान्दै गरुन्
सत्य मार्गमा अडिग रही हिम्मत नहारी कर्म गरौँ
हिँड्दै जाऊँ आफ्नो बाटो खुट्टा तान्नेले तान्दै गरुन् ।
(कामरूप, खेत्री)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।