विषय उठान :
खेल स्वस्थ जीवनशैली र मनोरञ्जनको आधार हो । खेलले व्यक्ति र समुदायलाई भावनात्मक रुपमा जोडने काम पनि गर्दछ । त्यसैले प्राचीन कालदेखिनै हरेक समुदाय र क्षेत्रमा नियमित जीवनशैली सँगसँगै खेल संस्कृति पनि जोडिएर आएको देखिन्छ । हरेक समुदायको भौगोलिक, सांस्कृतिक स्वरुप अनुसार खेल पनि विभिन्न रहेका देखिन्छ । कतिपय खेलहरू स्थानीय रुपमा सुरु भएपनि खेलप्रेमीहरूमा लोकप्रिय हुदै जाँदा पैmलदै राष्ट्रिय र अन्तराष्ट्रिय रुप ग्रहण गर्न पुग्छन् भने कतिपय खेलहरूविविध कारणले स्थानीय तहबाट नै हराउन पुग्छन् । त्यस्तै खेलहरू मध्ये एक हो ‘गौचाली’, जसलाई स्थानीयबासी र नयाँ पुस्ताले बिर्सिसकेका छन् ।
कतिपय खेलहरू स्थानीय संस्कृति र सभ्यताको द्योतक पनि हुन् । स्थानीय रुपमा विकास भएका खेलहरू हराउनु भनेको स्थानीय मौलिकता र पहिचान गुमाउन पनि हो । धेरै कुराहरू प्रिवर्तन हुँदै जान्छ तर परिवर्तनको नाममा आफ्नो संस्कृति, परम्परा र मौलिकतालाई वेवास्ता गर्नु आफ्नो धरातल र गौरवलाइ वेवास्ता गर्नु हो । त्यसैले हाम्रो पुर्खाहरूको, अग्रजहरूको संस्कृति र सांंस्कृतिक सम्पदाका रुपमा रहेका खेल लगायतका परम्परागत मनोरञ्जनका माध्यामहरूको खोजी गरी तिनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व हो । यही दायित्वबोधलाई मनन गर्दै गौचाली खेलेको खोजी गर्ने प्रयास यहाँ गरिएको छ ।
पृष्ठभूमि :
विगत १७०० वर्ष देखि काठमाण्डौ देशको राजधानी रहँदै आएको छ । भुरे टाकुरे राज्य रहेको समयमा होस् वा एकतामा उनिएको विशाल नेपाल, इतिहासको हरेक काला खण्डमा काठमाण्डौले देशको प्रशासनिक केन्द्र बन्ने सौभाग्य पाएको छ । त्यसैले यो नेपाली सभ्यताको केद्रबिन्दु पनि हो । हुन त केही दशक अघिसम्म काठमाडौ उपत्यकाको सिमित भूगोलले सिड्गो नेपालको प्रतिनिधित्व गर्दथ्यो, अर्थात मान्छेहरूले नेपाल भन्नासाथ काठमाडौ सोच्थे र काष्ठमाण्ठपले काठमाडौको अर्थ बोकेको थियो तर आज स्थिति फेरिएको छ । देशको अन्न्य भुगोल काठमाडौ आइपुगेको छ भने राजनैतिक परिवर्तनको कारण काठमाडौ बाहिरसम्म पैmलिएको छ । लामो समयसम्म विकासको केन्द्र काठमाडौ रहेकाले यहाँका कतिपय मौलिक परम्परा र विषयवस्तुहरू हराउन पुगेका छन् ।
ऐतिहासिक प्रमाणलाई हेर्दा कम्तिमा पनि सत्रसय वर्षदेखि काठमाडौ सभ्यता निर्माणको भूमि रहेको हुनाले सभ्यतासँगै यहाँ थुप्रै संस्कृति र परम्पराको विकास भएका थिए होलान् । ती मध्येकतिपय कुराहरू समयसँगै विस्मृत बन्न पुगेका छन् । विस्मृत बनेका त्यस्ता परम्पराको समयानुकुल परिवर्तन गरेर पुनर्जीवन दिन सक्ने हो भने हाम्रो सभ्यताको मौलिक खोज हुन सक्छ ।
पृथ्वीनारायण शाहाले नेपाल एकिकरण गरेपछि काठमाडौंमा मिश्रित बस्तीको विकास सुरु भएको हो । वि. सं. २०४६को जनआन्दोलनपछि बाहिरबाट बसाईं सर्नेहरूको चाप बढ्न थाल्यो भने देश द्वन्दमा रुमलिँदा काठमाडौंका ग्रामीण वस्तीहरू शहरीकरण हुन थाले । नयाँ मान्छेहरूको चाप, जीवनशैलीमा आएको परिवर्तन, प्रविधिको प्रयोग आदिको कारण काठमाडौंका ग्रामीण क्षेत्रका कतिपय मौलिक परम्पराहरू ओझेलमा परे वा मान्छेहरूले बिर्सिए । यही प्रकृयाको मारमा परेको एउटा मौलिक परम्परा हो गौचाली खेल ।
गौचाली – इतिहास उत्खननको प्रयत्न :
गौचालीविस्मृतिको गर्भमा हराइसकेको काठमाडौं उपत्यकाको उत्तरीक्षेत्रमा अवस्थितग्रामीण भेगमा खेल्ने गरिएको स्थानीय खेल हो । २० स्थानीय पाठ्यक्रमको परियोजना कार्य गराउन स्थानीय सामाग्रीको खोजीको क्रममा तारकेश्वर नगरपालिका वडा नं ८ निवासी श्री सुवर्ण लामाले यस खेलको बारेमा सामान्य जानाकारी उपलब्ध गराउनु भएपछि हिमरश्मी हाई स्कुलले स्थानीय पाठ्यक्रमतयार पारेर यस खेलको बारेमा खोजी थालेको हो । यस खेलको बारेमा तारकेश्वर नगरपालिका वडा नं ६ निवासी श्री रामशरण घिमिरेले थप जानकारी उपलब्ध गराउनु भएपछि यस खेलको इतिहासको खोजी सहज भएको हो ।
यो खेल कहिलेदेखि स्थानीय रुपमा खेल्न थालियो भन्ने कुनै समय सिमा भेटिदैन । यसको इतिहास खोतल्न स्थानीय रुपमा पैmलदै गएको बस्ती विकासलाई आधार मान्नु पर्ने हुन्छ । बस्ती विकासलाई केलाउँदा पृथ्वीनारायण शाहले काठमाडौमाथि विजय प्राप्त गरेपछि बाहिरबाट आफुसँग विभिन्न जातजातीहरूलाई ल्याएर विभिन्न क्षेत्रमा स्थाई बसोबासको ब्यवस्था मिलाउने रणनीति लिएको देखिन्छ । काठमाडौ उपत्यकाको उत्तरी क्षेत्रमा बसोबास गर्ने समुदायहरू धेरै जसो त्यही समयतिर प्रवेश गरेको देखिन्छ । त्यसैले गौचाली खेल पनि बढीमा २५० वर्षअघि देखि स्थानीय रुपमा खेल्ने गरिन्थ्यो भनेर मान्न सकिन्छ । तर बुढा पुराना स्थानीय बासीहरूसँग यस खेलको बारेमा बुझ्दा मान्छेहरूले यो खेल खेल्न छोडेको लगभग आधा शतब्दी भइसकेको देखिन्छ । त्यसैले यो खेल स्थानीय महत्व बोेकेको मौलिक खेल हो र खोजीको विषय हो ।
गौचाली खेलको सुरुवात र अन्त्य :
गौचाली खेल कहिलेबाट खेल्न थालिएको भन्न नसकिए जस्तै गौचाली खेल खेल्न थालिनुको कारण पनि हामी अनुमान मात्र गर्न सक्छौँ । यो खेल पशुपालन गर्ने कृषक समुदायमा गाईवस्तु चराउन जाँदा खेल्ने गरिएको जानाकारी पाइन्छ । विशेष गरेर गाईवस्तुलाई फाँटमा चर्न छाडेर गोठालाहरूले खोलाको किनारामा यो खेल खेल्ने गर्दथे । खेल खेल्ने पात्र र समय हेर्दा समय बिताउने माध्यामको रुपमा यो खेलको सुरुवात भएको देखिन्छ । खेल सामाग्रीको रुपमा प्रयोग हुने ढुङ्गाका गट्टाहरू खोलाको किनारामा सजिलै उपलब्ध हुने हुनाले खोलाको किनारालाई खेल क्षेत्रको रुपमा छनोट गरिएको हुनसक्छ । गोठालाहरूमा निकै लोकप्रिय रहेको यो खेल एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हँुदै आएकोमा बदलिदो जीवनशैली अनि चरणक्षेत्रको अभावमा पशुपालनमा कमी आएपछि यो खेल हराउँदै गएको हो ।
गोैचाली खेल्ने प्रकृया :
गौचाली दुई खेलाडी बिच खेल्ने खेल हो । यसका लागि ७० वटा गट्टाहरू र १० वटा खोबिल्टाहरू आवश्यक हुुन्छन् । दशवटा साना खोबिल्टामा ७/७ वटा गट्टाहरू राखेर खेल शुरु गरिन्छ । पहिला खेलाडी छनोट गर्नका लागि सिक्का लिएर ‘गाई वा त्रीशुल’ रोजेर सिक्का उफारिन्छ ।
सिक्का नभएमा अरु तरिकाबाट पनि खेलाडीको पालो निर्धाण गर्न सकिन्छ । पालो निर्धारणपछि गाई राखिएको कुनै एक खोबिल्टाबाट पहिलो खेलाडीले सबै गट्टा निकालेर क्रमशः एक÷एक गट्टा प्रत्येक खोबिल्टामा राख्दै जानुपर्छ । सातवटा गट्टा सकिएपछि आठांै खाोबिल्टाबाट फेरि गट्टा निकालेर त्यहिक्रम दोहो¥याइन्छ । यो क्रम खोबिल्टा खाली नभेटिउन्जेल चल्दछ ।यदि गट्टा राख्ने क्रममा आठौ वा अन्तिम गट्टाराखेपछि खाली रह्यो भने खाली पछिको खोबिल्टाको गट्टा पहिलो खेलाडीले लिन्छ र खेल्ने पालो दोस्रो खेलाडीको हुन्छ ।
दोस्रो खेलाडीले पनि त्यसैरी नै गट्टा चाल्दै जान्छ । अन्तिममा खोबिल्टा खाली रहेपछिको गट्टा घरमा रहेको गट्टा आफुले लिन्छ । खेलको अन्त्यमा दुईवटा मात्र गट्टा रहेमा एक एक वटा बाँडिन्छ । सबै खोबिल्टाहरू (गट्ट घर) खाली भएपछि खेलाडीहरूले आफुले जम्मा गरेको गट्टा गणना गर्दछन् । जसले बढी सङ्ख्यामा जम्मा पारेको हुन्छ, उही विजेता बन्दछ ।
गौचाली खेल खेल्ने दोस्रो तरिका :
गौचाली खेल अर्को तरिकाले पनि खेल्न सकिन्छ । खेल सुरुवात र गट्टा चाल्ने प्रकृया उस्तै हुन्छ तर यस प्रकृयामा भने कुनै एउटा खोबिल्टालाई गौभण्डारको रुपमा दुबै पक्षले नचलाउने संझौता गर्दछ । मान्नौं सातौं गट्टापछि आठौं खोबिल्टा खाली रह्यो र नवौं खोबिल्टा भण्डारको रुपमा सुरक्षित राख्ने सहमति गरिएको छ भने पहिलो वा तत् खेलाडीले त्यहाँबाट गट्टा लिन पाउँदैन । प्रत्येक चालमा भण्डारमा गट्टा राखिन्छ र सबै गट्टाघर खाली भएपछि गौभण्डारमा रहेको गट्टालाई दुई खेलाडी बिच दामासाहीमा बाँडिन्छ । अन्तिममा गणना गर्दा जससँग बढी गट्टा रहन्छ उहीविजेता बन्दछ । त्यस्तै खोबिल्टाको सट्टा गोलो घेरा बनाएर पनि खेल्न सकिन्छ ।
गौचालीको अर्थ :
गौचाली खेल शुरु हुदै गर्दा गौचालीलाई कुनै रुपमा अथ्र्याइएको थियो होला ? यसको बारेमा दुई वटा तर्क रहेको देखिन्छ । पहिलो विचार अनुसार ‘गौ’ को अर्थ गाउँ हो, अर्थत “गाउँ” बाट “गौ” बनेको हो । गट्टालाई घर र खोबिल्टालाई गाउँ मानेर घरहरूको गाउँ स्थानान्तरण नै गौचालीको अर्थ हो । तर यो तर्क त्यति सान्दर्भिक देखिदैन ।
अर्काे तर्क अनुसार “गौ” को अर्थ गाई हो र खोबिल्टा गाईको गोठ । गाईहरूलाई एउटा गोठबाट आर्काे गोठमा सार्ने प्रकृया नै गौचाली हो । किसान वर्गका गोठालो जाने बालबालीकाहरुमाझ यो खेल लोकप्र्रिय रहेको हुनाले यो तर्क सान्दर्भिक देखिन्छ । पशुपालन गर्ने किसानहरू आफ्नो गोठ र गाईवस्तुहरू आवश्यकता अनुसार सारफेर गर्ने हुनाले गौचाली खेल पनि गाईलाई गोठ सार्ने र जितेर धेरै गाई जम्मा गर्ने मान्यताका आधारमा यो खेल शुरु भएको हुन सक्छ । त्यसैले गाईको स्थानान्तरण गर्नु नै गौचालीको अर्थ हुन सक्छ ।
वर्तमान सन्दर्भमा गौचाली :
वर्तमान सन्दर्भमा गौैचालीलाई घरभित्र खेलिने खेल९क्ष्लमययच न्बmभ० को रुपमा खेल्न सकिन्छ । खोबिल्टाको ठाउँमा कचौरा, प्लेट वा कागजमा गोलो घेरा बनाएर प्रयोग गर्न सकिन्छ । ढुङ्गाको गट्टाको ठाउँमा, गेडागुडीहरू, मकै, लप्सीको गेडा आदि प्रयोग गर्न सकिन्छ । यस खेल मार्फत सामाजिक सञ्जाल, इन्टरनेट र मोबाइलको नशामा डुबेका बालबालीकाहरूलाई त्यसबाट उनीहरूको लतलाई छुटाउन सकिन्छ र उनीहरूलाई सिर्जनात्मक कार्यमा लगाउन सकिन्छ ।