(१)
अतीतको स्मृतिले रून बाध्य भएँ म
सम्झनाले मुटु मेरो धुन बाध्य भएँ म
मेरो मासी आफ्नो गाँसी खुसी छेउ होला
विवशताले अर्कैको हुन बाध्य भएँ म ।
(२)
सधैँ सम्झने चिनारी नामले दिनु पर्छ
रूपले हैन परिचय कामले दिनु पर्छ
समाजमा यस्तो काम गरेर जानु हजुर
थालनी मात्र हैन अञ्जामले दिनु पर्छ ।
(३)
पाखुरीमा साँच्चै बल छ भने गरेर देखाउनु
देशको निम्ति सक्छ्यौ भने मरेर देखाउनु
मुखले मात्र बोलेर प्रगति हुँदैन मेरो साथी
अरूको बाटो नहेरी अघि सरेर देखाउनु ।
(मोनाबारी गाउँ, विश्वनाथ, असम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।