बाबा आमा
दुख कष्ट गर्छन्
आफ्नो सन्तानलाई
अफिसर बनाउने चाहना राख्छन्
तर
बिबस भएर बस्छन्
किन भने छैन दिने
उनीहरूकोमा रूपियाँ चार
पुरै देशमा फैलीएको छ
भ्रष्टाचार नै भ्रष्टाचार ।
भ्रष्टचार हाम्रो देशको
भयाङ्कर बिमारी हो
यसमा कसैको होइन
तपाई हाम्रै गल्ती हो
यसमा सबैले नै
राख्छन् आ–आफ्नो पक्ष
तर आफू छाडी
सबैलाई नै देख्छन् भ्रष्ट
यसले हामी युवाहरूको
जिन्दगी बनाएको छ लाचार
पुरै देशमा फैलिएको छ
भ्रष्टाचार नै भ्रष्टाचार ।
पुलिसबाट बाँच्ना होस्
या होस् कुनै आफ्नो काम
यसलाई दिने
हामीले नै प्रचार
भ्रष्टाचार नामी किराले
सबै नै भएका छौ बिमार
नेता होस्
या होस् कोइ अफिसर
सोत्तैमा गर्दैनन् कुनै काम
गरिब दुखी जनताहरूले
दिनु पर्ने हुन्छ केही दाम
खै कहिले जाग्ने यो सरकार
पुरै देशमा फैलिएको छ
भ्रष्टाचार नै भ्रष्टाचार ।
सुन्छन् उनीहरू कै
जस्मा उनीहरू कै छ भलाइ
गर्छन् काम उनीहरू कै
जस्मा उनीहरू कै छ कमाइ
बेइमानी र भ्रष्टचारले
डुबिसक्यो यो संसार
कहिले आउने यस्तो सरकार
जस्ले सुन्छ हाम्रो यो पुकार
पुरै देशमा फैलिएको छ
भ्रष्टाचार नै भ्रष्टाचार
भ्रष्टाचार नै भ्रष्टाचार ।।
(जयगाउँ,डुवर्स, भारत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।