कृष्णले आँखा उघारिरहेको बेला
देवकी आँखा चिम्लदै थिइन्
त्यो बेला
देवकीका आँखामा
आत्मसन्तुष्टि नाचिरहेको थियो कि डर ?
भन्नेहरुले
अझैसम्म पनि भनिरहेकै छन्
भाँडाहरु फुटाएर तिमीले
पोखिदिएका थियौ लोभ
उठाउनै नमिल्ने गरी ।
कपटको लाक्षगृह बनाएर
मनभित्र आगो बोकी बस्नेहरूले नै
अलापिरहेका छन्
तिमीलाई पक्षपाती भनेर।
कोट्याएर कोपिला वास्ना लिनेहरु नै
भनिरहेका छन् तिमीलाई ब्यभिचारी
र दिइरहेका छन् अश्लील गालीहरु
आमाको नाममा ।
कृष्ण !
तिमीले उठाइदिएको
प्रेमको गोबर्धन पग्लिएर
कुरुप भएको छ समय
चिरहरण भएर
अर्धनग्न बाँचिरहेको छ युग,
ठीक यो बेला
तिमी भने वासुरी बजाइरहेका छौ ।
यता युगले फुकिरहेको छ विगुल
र मागिरहेको छ
प्रेमको नयाँ समाजशास्त्र,
प्रेमका भिन्नै सिद्धान्तहरु
र प्रेमको बिल्कुलै नयाँ परिभाषा ।
(मोरङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।