अब अनेक चाड पर्व तिहार आउँछन्, केवल चोट दिन्छन बार बार आउँछन् । यात्रा जिन्दगीको केवल समथर हुँदैन, हो उकाली ओराली जङ्घार आउँछन् । थाहा छ पूरा हुदैनन् झन पीडा दिन्छन्, तर पनि मनमा सपना बेकार आउँछन् । बिना पैसा त न आशीर्वाद जान्छ कतै, न त बहिनीको लागि उपहार आउँछन् । तर पनि बाँचिएको छ यही सोचेर कि, बाँचियो भने यस्ता त हजार आउँछन् । (महेन्द्रनगर)