असोज १२, काठमाडौं ।
यस वर्षको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ र पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ ।
उक्त निर्णय खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्।
‘मोक्षभूमि’ उपन्यास मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको दासहरूको मुक्तिको कथा हो।
यो वर्षको पद्मश्री साधना सम्मानद्वारा सम्मानित भजन शिरोमणि भक्तराज आचार्य तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्वपूर्ण योगदान पुर्याएका साधक हुन्।
प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार वि.स.२०६३ सालदेखि वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई दिइँदै आएको छ । त्यस्तै पद्मश्री साधना सम्मान २०६७ सालदेखि कलासाहित्यमा दीर्घ साधना गर्ने साधकलाई अर्पण गर्दै आएको छ ।
पद्मश्री साधना सम्मानको राशी पनि तीन लाख रुपैयाँ छ।














