तिम्रो मेरो सबैको , रातो रगत छ यहाँ , तर खण्ड खण्डमा, किन जगत छ यहाँ ।। मुल्य नै के छ यहाँ, खुन अनि पसिनाको , बसी बसी खानेकै , अति बढत छ यहाँ ।। काम छ अनितिको, मुखमा छ बेद शास्त्र, अधर्मी र कुकर्मीकै, भाव फगत छ यहाँ ।। बेरोजगार छ युवा, रोजगारी छ बिदेशमा, नक्कली गणतन्त्रको, भित्री परत छ यहाँ ।। गुण्डाराज फस्टाउदै छ, हराउदै छ निसाफ, पैसाको तराजु मा , सत असत छ यहाँ ।। (टीकापुर कैलाली हाल : भारत)