सानो आँगन आँगनमा अनेकजाति फुलहरु फुलेका
सानो गोठ अनि मझेलाको घर
त्यहि सानो आँगनमा अनेकजाति पाल्तुहरु डुलेका
पूर्वमुखी मोहडा भाको
शूर्यको पहिलो झुल्को सिधै घर आँगनमा पर्ने
सानो अनि राम्रो मेरो घर ।
जन्मेको त्यहीँ देखिन अस्पतालहरु
हुर्केको त्यहीँ देखिन शहरहरु
त्यही माटोमा हुर्केको
त्यही माटोमा खेलेको
जोसँग सर्बश्व गासिएको छ
त्यही हो सानो अनि राम्रो मेरो घर ।
एउटा गोठ एउटा मझेला
औंला पाँच एक हत्केला
घरमा छ जना सदस्यको झमेला
छ जना मात्रै होइन पुरै
जयबजगत त्यहीँ वरपर छ जस्तो लाग्छ
सेतो, रातो, झालेमाले देखिने मेरो घर ।
आँगनमा खेल्दै हुर्केको
आँगनमै बारम्बार बुर्केको
सयौं खेलहरु खेलेको अनमोल रंगशाला
बिताएँ सारा बाल्यकाल नाच्दै र फिर्दै
हाँस्दै र गाउँदै त्यही प्यारो आँगनमा
हजारौं रंगशाला भएको त्यो सानो घर, मेरो घर ।
समय बित्दै गयो
घर बूढो हुँदै गयो
ममी बुवाले छोरा गुमायो
घरले मालिक गुमायो
मालिक आउने आशामा पर्खिरहेको
त्यो घर,बूढो घर, मेरो घर ।
बाल्यकालको साथी
सर्बस्वभन्दा माथि
आमाबबुको साथी
जिवनको सारथि
बचायो अनेक समस्यामाथि
फर्किजाँदा, पारदर्शी ऐना भएको छ
सानो,झालेमाले,रंगीचंगी,बालापनको घर, मेरोघर ।
(धनगढी ,कैलाली)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।