काठमाडौं, २२ भदौ ।
आज बुवा दिवस अर्थात् बुवाको मुख हेर्ने दिन । ‘फादर्श डे’ रूपमा प्रायः विश्वभर मनाइने यो दिवस नेपालमा पनि मनाइन्छ । फादर्स डे अमेरिकामा १९१० देखि मनाउन थालिएको भएता पनि नेपालमा यो परापूर्वकालदेखि नै मनाइँदै आइएको छ । अमेरिका लगायत पश्चिमा मुलुकमा ‘मदर्श डे’ र ‘फादर्स डे’लाई राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएता पनि नेपालमा यसलाई धार्मिक पर्वको रूपमा मनाइन्छ ।
नेपालमा भाद्र महिनाको अमावस्या औँसीका दिन कुशे औँसीका रूपमा यो दिवस मनाइन्छ । यो पर्व जीवित बुवाहरूलाई सम्मान र मरिसकेका बुवाको नाममा तर्पण दिने दिनका रूपमा मनाइन्छ । जसरी अन्य पर्वहरू हिन्दु धर्मका सनातन नियमहरूले बाँधिएका छन् बुवाको मुख हेर्ने दिन पनि बाँधिएको छ।
केही वर्षदेखि यो दिनलाई धार्मिक आडम्बरको रूपमा भन्दा पनि बुवालाई सम्मान गर्ने उद्देश्यबाट प्रेरित भई मनाउन थालिएको छ ।