अचेल तिमी र जून उस्तै उस्तै लाग्छ । हल्दी पितल र सुन उस्तै उस्तै लाग्छ ।। जून आकार बदल्छ र तिमी विचार । र त दोष र गुण उस्तै उस्तै लाग्छ ।। जून आकाशमा छ र छौ धर्तीमा तिमी । तिम्रो खुसी र मनसुन उस्तै उस्तै लाग्छ ।। चिन्न नसके रङ्ग र ढङ्ग देखिन्छ उस्तै । हेर्नु कमेरो र चून उस्तै उस्तै लाग्छ । बग्ने त आखिर तरल नै हो बगिरहन्छ । नबुझेसि पानी र खुन उस्तै उस्तै लाग्छ ।। (सल्यान)