लुट्नु लुट्यौ देश अब छोडी देऊ! बिग्रे छैन मुहार अब फेरि देऊ!! मर्नु भन्दा भोकै खान नपाएर! भोक मेट्ने बरु गोली पठाइदेऊ!! अन्यायमा परिराछन् निमुखा! गर्व गर्न लायक न्याय बनाइदेऊ!! धेरै गुहार गर्यौँ हामी जनताले! एकै चोटि प्लिज अब सुनिदेऊ!! सधैंभरि जनता रुँदै बस्नु भन्दा! केही क्षणनै बरु खुसी बनाइदेऊ!! (धनगढी, कैलाली)