मुखले राम राम जपी बगलीमा छुरा अचम्म छ,
गफै गफमा देश हाँक्छन यहीँ कुरा अचम्म छ ।
अमृतधारा बगाउँदा नि केही पाइनन् ती आमाले,
पत्थर ढोग्दैमा के'रि हुन्छ सबथोक पूरा अचम्म छ ।
खाली हात आउँछ मान्छे खाली नै जान्छ भन्ने गर्थे,
तर किन लगे बाले आमाको सिन्दुर चुरा अचम्म छ ।
पराइ त पराइ भै' गए आफ्ना आफ्ना हुँन्नन् सहरमा
यहाँ बाउ बेसाहारा हुन्छन् सन्तान टुहुरा अचम्म छ ।
सोच्न बाध्य भए म के शक्ति हुन्छ होला त्यस्तो र,
प्रेममा बालक वृद्ध हुन्छन, र वृद्ध भुरा अचम्म छ।
(चौरी देउराली, काभ्रे)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।