आमाको उध्रिएको चोली
बाबाको फाटेको टोपी सिउन
आफ्नै रहर र जवानी बन्दकी राखेर
बिहानीको मिर्मिरे किरणसँगै
प्रवासिएको म
बासेको थिएन भाले
तन्द्रा मै उठेथ्यो छोरो
र भनेथ्यो
बाबा !
धेरै पैसा कमाएर आउनुस् है ।
म पैसा फल्ने सहरमा अनेकन
सपनाका गगनचुम्बी महलहरु बनाउँदै
स्वाधीनतालाई जमानी राखेर
परतन्त्रता र दासत्वसँग
सम्झौता गर्दै थिएँ
कैयौ सम्झौताका डायरीहरु
भरिएका थिए सन्तानको लागि
खुसी किन्न पैसा सङ्ग उमेर साट्दा ।
हातमा उठेका ठेलाहरु हेरेर
कैयौ पटक बिरक्तिएर मुर्छित मुटुलाई
तिम्रा हजारौं यादका शृङ्खलाहरुले
बिर्सन बाध्य पारेका थिए
तब सबैतिर बन्द गरेर यादका ढोका
म ठिक छु सानू ! भन्न बिवस थिएँ ।
मसँग केवल थिए
रित्तो सम्भावनाका बिटाहरु
अपुरो रहर,चाहाना अनि
अभाव नै अभावका छिटाहरु
हातमा सिर्फ बोर्डिङ पास,टिकट
अनि अपुरो सपनाका थुप्रै थुप्रै चाङहरु !
(मान्द्रे, भोजपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।