( १ )
जता हेर्यो उतैतिर भ्रष्टहरूको हालीमुहाली छ
पसिना बगाउने श्रमिकको गोजी सधैं खाली छ
राम्रो नराम्रो कहिल्यै छुट्याउन सकेन समाजले
उल्टै खल नायकहरूलाई फूलमाला र ताली छ ।
( २ )
ओठ तालु सुके पाइला गल्ने भयो अब
फेरि असन्तुष्टिको राँको बल्ने भयो अब
जतिसुकै ठूलो स्वरमा चिच्याएर कराऊ
स्वेच्छाचारी शासनसत्ता ढल्ने भयो अब ।
( ३ )
छुटिनु थियो भने प्रेमको नाटक किन गर्यौ
सुखमा ठिकै थियो दु:ख पर्दा पर पर सर्यौ
आफ्ना भए भरका कमजोरीहरू लुकाएर
निर्दोष ठहरिन समाजको सामुन्ने भ्रम छर्यौ ।
(बागलुङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।