सगरमाथा, बुद्ध भन्छौँ, गौरव र शान् हाम्रो
इमान्दार मान्छे अब, देख्नै गाह्रो राम्रो।।
हाँक्छन् दर्शन् स्वार्थी धेरै, अराजकता देशमा
मन्त्रीदेखि बुद्दिजीवी, छ देन सबको यसमा।।
समस्याको पोको फोर्न, गर्दैनन् कोही बहस्
धनी-मानी बाँचिहाल्छन्, गरीबलाई हो सकस् ।।
सक्ने हिँडे अस्ट्रेलिया, यूरोप- अमेरिका
अल्झे उतै तक्मा पाए, भुपू नेपालीका।।
शान्तिभूमि हाम्रो देश, थियो कृषिप्रधान
समाबेसी भन्दाभन्दै, बन्यो कुर्सी-प्रधान।।
जता हेर्यो भद्रगोल छ, के होस् मनमा शान्ति
अरबतर्फ गाउँले, युवा, भाषण कृषिक्रान्ति।।
दौडे सबै कागसँग, विकास बिर्से पहिले
जातीयता-क्षेत्रीयता, त्यै भो घाँडो अहिले।।
बिरोध गर्छन् बिदेशीको, खुलामञ्चबाट
बन्द गरे कलकारखाना, आहा यिनका आँट।।
चुलोदेखि हवाइजहाज, इन्डियाकै इन्धन
धर्मकर्म, सडक सबै, भारतकै छ बन्धन।।
औंसी-पुर्णे चीनको ढाडस्, लुकामारी मन्त्र
निर्धन नेपाल आइसियुमा, सिथिल् अर्थतन्त्र ।।
साइकल समेत चढ्न गाह्रो,जन-जनार्दनलाइ
चिल्ला-मोटर हुँइकिरा'छन्, सडकतिर चाहिँ ।।
बोलेर त सबले हाँके, नेपालको बिकास
गरेर पो ताक्न पर्थ्यो, समस्याको निकास।।
भएभरका सुबिधा'जो नेता आफै बोक्छन्
कुम्लो बोकी ठिमीतिर, भाषण गर्दै हिँड्छन्।
बन्द भा'छ ब्यापार-बिज्नेस्, छैन सोझो बाटो
काला-बजार बढ्दैछ है, देशमा यसको साटो।।
(अस्ट्रेलिया)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।