राजधानीमा छ हाम्रो यौटा घर
वस्दथे एक डेरावाल
घोषणापत्रमा गरिएको घोषणाजति
भाडा तिर्न नसकेपछि डेरावाल भन्थे
-तिर्छु रेल ल्याएर
-तिर्छु पानि जहाज चलाएर
-तिर्छु घरघरमा ग्यासपाइप बिक्ष्याएर ।
उनले गरेका यी वाचाहरू रहेछन् सवै हावा
आखिर उनले नतिरी धरै थिएन घर भाडा ।
तिर्लानजस्तो नदेखेपछि बुझाइयो अल्टिमेटम
तर ती भाडावाल
-टुक्का हालेर हामिलाई भुलाउन खोजे
-उखान सुनाएर हामिलाई हॅसाउन खोजे ।
आखिर केही नलागेपछि
उनको नैतीकताको धरो च्यातिनेगरी घिसार्दा
वल्ल बहिर्गमनको बाटो उनले रोजे
संबैधानिक धाराको फलामे लठ्ठिले हानेर
गलत्याउॅदै निकाल्दा
वल्ल हिज हाम्रो घर- बालुवाटार छोडे ।
आजै फेरि
वोलेकै नबुझिने अर्का डेरावाल सरेका छन्
विस्वास र भरोसा यिनको पनि छैन त्यति
यिनले पनि अपेक्षा गरेजस्तै
तिर्न सकेनन् भने हाम्रो घरको भाडा
ख्याल रहोस्
हुनेछ पूर्ववर्ती डेरावालको हालतजस्तै
गर्नु नपरोस् फेरि परमादेश जारी
र हुन नपरोस् अप्रत्यासित बहिर्गमन !
राजधानीमा अर्को पनि छ यौटा हाम्रो घर
त्यॅा वसेकी छिन् एक डेरावाल्नी
तिनले पनि
अपेक्षा गरेसरि तिरेकी छैनिन् भाडा
भन त छिमेकी हो
ती डेरावाल्नीलाइ पनि
प्रहार गरेर बॅागिनेगरी संबैधानिक फलामे धाराले
निस्कासन गरौं कि नगरौं
हाम्रो घर-सितलनिवासबाट ।
- घरबेटी जनता ।
(फोक्स्टोन, केन्ट, यु के)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।