सत्यको किन हार देखिराछु, घरभित्रै पानी बारबार देखिराछु । शान्ति सुरक्षा, अमन चयन भन्छौ, पाइलैपिच्छे खुकुरीको धार देखिराछु । समाजवाद र समानताका कुरा मात्रै यहाँ, कोही कँगाल र कोही अपार देखिराछु । हिजो झुपडीसम्म नहुनेहरुको पनि, आज एकाएक दरवार देखिराछु । मेरो देशमा कागजी सिद्धान्त भएका, कम्युनिष्टहरुको सरकार देखिराछु । (पर्वत)