अकवरी सुनलाई पनि कसीका कुरा छन्
कानुनका कागज होइन, मसीका कुरा छन् ।
पेट पाल्न, शरीर छोप्न बलात्कारमा पर्दा,
खोजिएको श्रव्यदृश्य दसीका कुरा छन् ।
तिमी भर्याङ् चढ्दा पनि लड्न खोज्छ्यौ के,
गगनपुर बस्ती बसाउने शसीका कुरा छन् ।
विदेशी ब्रान्डको आयात, आफ्नो मुद्रा निर्यात छ,
अझै आर्थिक समृद्धि, घरायसीका कुरा छन् ।
कर्म गर्दा पसिना पुछ्ने रूमाल छैन यहाँ,
तिर्खाउँदा पानी पाइन्न, लस्सीका कुरा छन् ।
अधिकार खोजौं, दायित्व पनि पूरा गरौं,
पालो मिच्छन् भनी टाँस्ने रसीका कुरा छन् ।
(धुर्कोट~५, गुल्मी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।