म भने तिमीलाई संझन्छु बेहोशीमा पनि
तिमी भने न देखेजस्तो गर्छौ भेटिँदा पनि।।
पैसाको ढोकाबाटै आउँदा रहेछन् पिरहरू
तर पिरमा काम न आउँदो रहेछ पैसा पनि।।
यिनी आँखामा कति छन् व्यथा, ती आँखा देख्दैनन्
आँखै न देख्ने हुँदा रहेछन् केही आँखा पनि।।
आफ्नै निधार नै आफैलाई भार लाग्न थालेको छ
उडान न भए बोझ लाग्दा रहेछन् पखेटा पनि।।
तिमी “तिमी”, म “म” हुन न सकेको “अति” ले हो
ठिक हुँदो रहेन्छ अति माया पनि घृणा पनि।।
(इस्मा, गुल्मी)