आफ्नो हुँदैन कोही आफ्नो भन्नू बेकार हो, यो सब भ्रम हो साथी तिमी भन्छौ प्यार हो । वनमा डुल्दै मह बटुल्दै जान्छ कठै! माहुरी, खाइदिन्छ अरु के गर्नु स्वार्थी यो संसार हो । काम पाइएन बेरोजगार भइयो भन्दै नहिँड्नु, कार्वाही गरिनेछ यो श्रमजीवीको सरकार हो । रेल आयो, पानी जहाज पुग्दै छ गफ नठान्नू, सपना मुलुक समृद्धिको पहिलो आधार हो । विकास हुँदै गर्छ नियमित प्रक्रिया हो के छ, हामीले भनेको त घर-घरमा सिंहदरबार हो । (महेन्द्रनगर)